सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

Bidhya-Devi-Bhandariराष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्।

सरकारले संसदमा आज पेश गर्ने नीति तथा कार्यक्रम नयाँ संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा लक्षित हुने अधिकारीहरुले बताएका छन्।

भूकम्प र त्यसपछि तराई केन्द्रित दलहरुको आन्दोलनका कारण अर्थतन्त्रमा परेको असरमाझ ल्याउन लागिएको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम पनि समावेश गरिने बताइएको छ।

‌संविधान जारी भएपश्चात बनेको केपी ओली नेतृत्वको सरकारको यो पहिलो नीति तथा कार्यक्रम हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

स्वाभाविकरुपमा संविधानको कार्यान्वयनको कुरा, त्यसपश्चात राष्ट्रिय पुनर्निर्माणको कुरा र जनताको शान्ति, स्थिरता विकास र सुशासनको चाहनालाई मूर्तरुप दिने कुरासंग केन्द्रित रहेर नै नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ ।

नीति तथा कार्यक्रममा समावेश गरिएका मुख्य विषयबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले भने, “स्वाभाविकरुपमा संविधानको कार्यान्वयनको कुरा, त्यसपश्चात राष्ट्रिय पुनर्निर्माणको कुरा र जनताको शान्ति, स्थिरता विकास र सुशासनको चाहनालाई मूर्तरुप दिने कुरासंग केन्द्रित रहेर नै नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ।”

यसका अतिरिक्त केही नयाँ र लोकप्रिय कार्यक्रमहरु पनि समावेश गरिएको बताइएको छ।

लामो समयदेखि निकै चासोका साथ हेरिएको स्थानीय निकाय चुनावको विषयमा पनि कार्यक्रममा सम्बोधन गरिएको मन्त्री राईले बताए।

उनले भने, “स्थानीय चुनावको बारेमा कतिपयले भ्रमपूर्ण कुरा गरिरहेका छन् तर स्वाभाविकरुपमा नीति तथा कार्यक्रममा स्थानीय निकायको निर्वाचनको कुरा आउन सक्छ।”

संयुक्त सरकार भएकाले सबै दलका नीतिहरुलाई समावेश गर्नुपर्ने बाध्यता रहेको यसपटकको नीति तथा कार्यक्रमले बजेटको आकार समेत बढ्ने बताइएको छ।

हरेक वर्ष बजेटअघि सरकारले प्रस्तुत गर्ने गरेका नीति तथा कार्यक्रमको कार्यान्वयन भने सोचे अनुरुप नहुने गरेका विज्ञहरुको बताउँछन्।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शंकर शर्मा भन्छन्, प्रायजसो नीति तथा कार्यक्रम कर्मकाण्डी हुने गरेका छन्।

सम्बन्धित शिर्षकहरु