नवाजको अध्यक्षमा शर्मा चुनिए

अस्ट्रेलिया । पछिल्लो समय नेपाली समुदायको बाहुल्यता बढ्दै गएको अस्ट्रेलियामा विभिन्न संघ/समुह स्थापना हुने थालेका छन् । यसैक्रममा अस्ट्रेलियामा रहेको पुरानो संस्था नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी नवाजको वार्षिक साधरण सभाले विनोद शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

अप्रिल ३ तारिखका दिन अबनस्थित हिमालयन फ्यूजन नेपाली रेष्टुरेन्टमा साधारणसभा सम्पन्न भएको आयोजकले जनाएको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा अरुण तामाङ, दुई उपाध्यक्षमा सञ्जु रोक्का, र तोयानाथ टिएन अर्याल, सचिवमा मंजीत घिमिरे, सह–सचिवमा नविन सिंह, कोषाध्यक्षमा प्रताप पन्थी निर्वाचित भएका छन् ।

1459770373nawasत्यसैगरी, पब्लिक रिलेसन अफिसरमा कृष्ण तिवारी, स्पोर्ट संयोजकमा सन्तोष शर्मा, इभेन्ट संयोजकमा समिर आचार्य, महिला संयोजकमा रुपा अधिकारी, युवा संयोजकमा दिपेन्द्र चौधरी, आइटी संयोजकमा लक्ष्मण बेलवासे चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा सन्तोष बराल, विष्णु शर्मा, संजय श्रेष्ठ, रसिक श्रेष्ठ, दिपेन्द्र केसी, हेमन्त घिमिरे, तारा आचार्य र विपिन थापा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिले ६ सदस्यीय सल्लाहकार समेत चयन गरेको छ । जसमा जनबन्धु भट्टराई, बद्री अर्याल, इमेश शाह, विजेन्द्र विष्ट, उज्वल दाहाल र विश्व प्रधान छन् । नवाजको संरक्षकमा निवर्तमान अध्यक्ष संजीव शर्मालाई चयन गरिएको छ ।

सम्बन्धित शिर्षकहरु