


असनेपालन्युज , सिड्नी । गीत र सङ्गितले निरासाको दर्शनलाई अस्वीकार गर्छ , आत्मिय मन ,जन र दुनियाँंलाई एकै थलोमा बांद्छ । यस्तै एकता र सकारात्मकता लाई प्रमुख प्राथमिकता दिंदै ‘धमाका नाइट ‘ साङ्गितीक सन्ध्या भव्य जमेको छ सिड्नीमा । गीत , नाच , प्रहसन , कृति विमोचन लगायत कला र सँस्कृतिका विविध पाटाहरूलाई पस्कदैं सो सन्ध्या सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रज्ञा प्रतिस्ठानका सङ्गित विभाग प्रमुख बिकास नाथ योगी ले अस्ट्रेलियामा देखेको राष्ट्र प्रेम र नेपाली समुदायले कला लाई दिएको सम्मानले मन छोएको बताउंनु भयो । उंहाले भाईइलिनमा कुंदेको कला ले नेपाली राष्ट्रिय भावमा सबैलाई उर्जाशिल बनाएको थियो । यस्तै सो अवसरमा कार्यक्रम आयोजक संस्थाकि अध्यक्ष सुजाता के सी ले नेपाली कला साहित्य र पहिचान विस्तारमा आफुहरूले सो कार्यर्कमको आयोजना गरेको बताउंदै कार्यक्रम आयोजनाको औचित्यता माथि प्रकाश पारी सबै सहयोगी , शुभचिन्तक , प्रायोजक प्रति आभार प्रकट गर्नु भयो ।
यस्तै संस्न्थाकि पुर्व अध्यक्ष तथा संरक्षक जानकि पौडेल, संस्न्थाका सचिव रुद्र गिरी लगायतले संस्थाको उपलब्धी नेपाली समुदायमा भाषा , साहित्य र कला विस्तारमा एनकेएसएसपिले खेलेको योगदान प्रति
चर्चा गर्नु भयो ।
यस्तै सो अवसरमा मुख्य अतिथि योगी, साहित्यकार नवराज कार्कि, सभाध्यक्ष्य के सि अतिथिहरू डा नारायण प्रधान , रमेश बानियां , जानकी पौडेल , श्याम गुरुङ्ग , लगायत विभिन्न सात जनाले संस्थाका महासचिव राजेश्वर घिमिरे र अर्का लेखक शालिक राम उपाध्याय द्वारा संयुक्त रुपमा लिखित कृति ‘तेस्रो अंखा ‘ र नेपाल बाट आउनु भएकी गायीका प्रश्ना शाक्य को ‘साङितिक सिडी प्रश्नाको लोकार्पण गर्नु भयो ।
सो अवसरमा नेपाल बाट आउनु भएका कलाकार द्वय बादल प्रसाइ , र प्रश्ना शाक्यले आफ्नो दमदार स्वरमार्फत प्रतिभा निखार्दै उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिलाएका थिए । नेपाली भेष भुषाको झांकि, विभिन्न स्थानिय कलाकारहरूको जोडदार नाच र प्रस्तुतिमा जमेको सो सन्ध्यामा नेपाली समुदायका विभिन्न अगुवा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नेपालका लागि गणतान्त्रिक फिजी का सांस्कृतिक राजदुत तथा ‘प्रश्नमा ईश्वर ” कृतिका लेखक भीमसेन सापकोटा द्वारा सन्चालित औपचारिक कार्यक्रमको बिट मरे पछि जीना के सि र भीमसेन गुरुन्ङले संगीतिक कार्यक्रमको सुत्रधार बन्ने दायित्व पुरा गरेका थिए ।
कार्यक्रम औचित्यपूर्ण रहेको संस्थाका महासचिव राजेश्वर घिमिरे ले असनेपालन्युज समाचारलाई बताउनु भयो ।









