नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको शुभकामना

a17e0f09-5602-4d6c-b167-937bab03ff4cसिड्नी । नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
सिड्नीस्थित एसफिल्ड पार्कमा २५ तारिख शुक्रवार आयोजित कार्यक्रममा निर्वाचित तथा मनोनीत केन्द्रीय सदस्य र पदाधिकारीलाई बधाई तथा शुभकामना दिइएको हो ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारीलाई शुभकामना दिँदैं प्रवासमा लोकतन्त्रवादीहरू फुटेर होइन जुटेर प्रवासी नेपाली समुदाय तथा मातृभूमिका लागि योगदान गर्नुपर्ने बताए । विगत केही वर्षदेखि अस्ट्रेलियामा जनसम्पर्क समिति सदस्यहरू एकआपसमा विभाजित भएको प्रसंग निकाल्दै उनले भने – “संस्थाभित्र केही असन्तुष्टि भए एकआपसमा बसेर सल्लाहबाट समाधान निकाल्न सकिन्छ ।”
सिग्देलले नेपाली कांग्रेसलाई पनि जनसम्पर्क समितिको विवाद चाँडै समाधान गर्न सुझाव दिए ।
त्यस्तै ओसिनीया रिजनका कोर्डिनेटर महेन्द्र लम्सालले व्यक्तिभन्दा संस्था प्रमुख भएको बताउँदै प्रजातन्त्रवादीभित्र केही मनमुटाव भए आपसी समझदारीबाट नै समस्यालाई समाधान गर्न सकिने बताएका थिए । उनले नेपाली कांग्रेसका केन्द्रीय समितिका सदस्यलाई सफल कार्यकालका लागि शुभकामना र बधाई दिँदै भने – अब नेपाली काग्रेस पार्टी केन्द्रमा एक भएर देश विकासमा अग्रसर हुनुपर्छ ।
कार्यक्रममा जनसम्पर्क समितिका सल्लाहकार प्रेम सापकोटाले केन्द्रले गरेको निणर्य सबैले मान्नुपर्ने बताए । कसैले व्यक्तिगत लेटरप्याडमा चिठ्ठी काटेर दिदैँमा त्यो संस्थागत हुन नसक्ने उनको धारणा थियो ।
जनसम्पर्क समिति अस्ट्रेलियाका संस्थापक दिनेश जोशीले केन्द्रीय समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै कांग्रेसभित्र हुक्के, ढोकेहरूको बिगबिगीले निष्ठावान कार्यकर्ता पछाडि परेको गुनासो गर्दै प्रवासमा समेत यही प्रवृति भित्रिएकोमा दुःख व्यक्त गरे ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाका निर्वाचित अध्यक्ष कृष्ण९जगनाथ० गिरीले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई सफल कार्यकालको शुभकामना दिदैं प्रवासमा सबै लोकतन्त्रवादीलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका थिए । कार्यक्रममा समाजसेवी डा। घनश्याम चापागाई, एनआरएन आईसीसी सदस्य भूमा लिम्बु, एनएडीएफका अध्यक्ष बालचन्द्र भट्टराई, एनएनडीएफका पूर्व अध्यक्ष डिल्लीराम ढकाल, आईसीसी पूर्व सदस्य निरज श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका सहसचिव भिष्म भण्डारी, चितवन समाज अस्ट्रेलियाका अध्यक्ष बुद्धि डल्लाकोटी, अस्ट्रेलियन लेबर पार्टीका नेता हरिस भेजीलगायतले शुभकामना व्यक्त गर्दै आआफ्नो मन्तव्य राखेका थिए ।
कृष्ण तिवारीको सहयोगमा

सम्बन्धित शिर्षकहरु