दोस्रो चरणको निर्वाचन सुरु

Nepali-congress-senior-leaders-750x450काठमाडौं । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सभापति पदमा कुनै पनि उम्मेदवारले निर्वाचित हुन आवश्यक मत ल्याउन नसकेपछि अहिले ३ बजेबाट दोस्रोपटक मतदान सुरु भएको छ ।

पार्टीको विधानबमोजिम कांग्रेस इतिहासमा पहिलोपटक सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । आइतबारको पहिलो मतदानमा सभापति पदमा तीनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि महिला र पुरुषको दुई लाइनमा मतदाता निर्वाचनस्थल राष्ट्रिय सभागृहमा तयार भइसकेका छन् । निर्वाचन समितिले आज दिउँसो २ देखि ५ बजेसम्मको समय निर्धारण गरेपनि एक घण्टा ढिलो गरी मतदान सुरु भएको हो ।

पहिलो निर्वाचनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले एक हजार ५६४ र रामचन्द्र पौडेलले एक हजार १६० मत प्राप्त गरेका थिए । अर्का प्रत्याशी कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गरेका थिए ।

सम्बन्धित शिर्षकहरु