काठमाडौं, यू–१९ विश्वकपको सातौं स्थानका लागि अहिले नेपाल र नामिबिया भिडिरहेका छन् ।
नामिबियाले टस जितेर ब्याटिङ रोजेको छ । र, उसले पाँच विकेट गुमाएको छ ।
नेपालका सुनिल धमलाले पहिलो बलमै विकेट लिएका छन् ।
नेपालले १६ औं ओभरको अन्तिम बलमा दोस्रो विकेट लिएको छ । नामिवियाका अर्का ओपनर जर्गेन लिन्डे सुशील कँडेलको बलमा सुनिल धमलाबाट क्याच आउट भएका छन् ।
२६औं ओभरको पाँचौं बलमा नेपालले नामिवियाको तेस्रो विकेट लिएको छ । यसपटक पनि सुशील कँडेलले नेपाललाई सफलता दिलाएका छन् ।
३२औं ओभरको चौथो बलमा नामिवियाले चौथो विकेट गुमाएको छ । नामिवियाका सेट ब्याट्सम्यान लरेन्स ५९ रनको व्यक्तिगत स्कोरमा स्पिनर प्रेम तामाङको वलमा वोल्ड भएका छन् ।
नेपालका कीर्तिमानी बलर सन्दिप लामिछानेले नामिवियाको पाँचौं विकेट लिएका छन् । उनले ३३औं ओभरको अन्तिम बलमा चार्ल ब्रट्सलाई विकेटकिपर कप्तान राजु रिजालको हातबाट क्याच गराए ।
नामिवियाले ४३ ओभरको खेल सकिँदासम्म ५ विकेट गुमाएर २२२ रन जोडेको छ ।
यो खेलको विजेताले अर्को विश्वकपमा साझै स्थान बनाउने भएकाले नेपालका लागि जित महत्वपूर्ण छ ।








