काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनबाट एमाले स्तब्ध र मर्माहत भएको बताएका छन् ।
अध्यक्ष ओलीले मंगलबार शोक विज्ञप्ति जारी गरी भनेका छन्, “दुःखको यस घडीमा नेकपा एमालेका तर्फबाट दिवङ्गत कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।” आफ्नो जीवन लोकतान्त्रिक आन्दोलनमा समर्पण गर्नुभएका कोइरालाको निष्ठापूर्ण राजनीतिक जीवन र संविधान निर्माणमा उनले खेलेको असाधारण भूमिकाप्रति राष्ट्र सदैव आभारी रहने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताको अथक प्रयत्नबाट नेपालको संविधान जारी भई कार्यान्वयनको चरणमा रहेका बेला भएको यो असामयिक निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको बताएका छन्।
उनले कोइरालाले राष्ट्र र जनताका सामु उपस्थित चुनौतीको सामना गर्न राजनीतिक शक्तिबीच सहमति र सहकार्य आवश्यक भएकामा हमेसा जोड दिएको उल्लेख गरेका छन् । अध्यक्ष ओलीले उनको यो भावनालाई उच्च सम्मान गर्दै दलका बीचमा राजनीतिक समझदारीलाई अझ सुदृढ गर्नु र संविधानको कार्यान्वयन मार्फत लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्दै समृद्ध, समुन्नत र शान्त नेपाल निर्माण गर्नु नै उनप्रतिको साँचो श्रद्धाञ्जलि हुने उल्लेख गरेका छन्।
प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले भनेका छन्–“लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्व कोइरालाप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्तहरु र नेपाली कांग्रेस परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु ।


![g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL :j= ;'zLn sf]O/fnf kfly{j ;/L/df sf]O/fnf lgjf; dxf/fhuGhdf k'iku'R5f r9fO{ xflb{s >4fhnL ck0f{ ub}{ k|wfgdGqL s]kL zdf{ jnL .tl:a/M k|bLk/fh jGt ,/f;;](http://ausnepalnews.com/wp-content/uploads/2016/02/kp-oli-300x200.jpg)






