वीरगञ्ज, वीरगन्ज नाका शुक्रबार दिउँसोदेखि सुचारू पूर्णरुपमा खुलेको छ । वीरगञ्ज नाकाबाट मालवाहक ट्रकहरू भित्रने क्रम सुरू भएको बताइएको छ ।
स्थानीय व्यापारी र आन्दोलनकारीले नाका अवरोध हटाएपछि वीरगन्ज नाका सुचारू भएको हो। आन्दोलनरत मधेसी मोर्चाले नाका खुलेको औपचारिक घोषणा नगरेपनि अवरोध हटाएपछि नाका सुचारू भएको हो।
स्थानीयले मितेरी पुलमा रहेका पाल र ढाट हटाएका छन्। नाकामा आन्दोलनकारीको चहलपहल छैन भने नाकामा सवारी साधनहरू चल्न सुरू गरेका छन्। सुरक्षा व्यवस्था कडा पारिएकाले नाकामा एकाएक चहलपहल बढेको देखिन्छ ।
मोर्चाका स्थानीय नेताहरूले केन्द्रमा नाका अवरोध हटाउने निर्णय हुन लागेको भन्दै अब नाका अवरोध नहुने प्रतिकृया दिएका छन्।








