महिला प्रमाणित गर्न चीनको सोसल साइटमा यस्तो हर्कत !

एजेन्सी, आफूलार्इ महिला भएको प्रमाणित गर्न खिचिएका अनौठो सेल्फीले अहिले चीनको सोसल साइट गर्माएको छ ।

चिनियाँ महिलाहरूले आफूलार्इ वास्तविक महिला प्रमाणित गर्न स्तनमुनी पेन वा पेन्सिल च्यापेर खिचिएको तस्बीर सामाजिक सञ्जालमा अपलोड गर्न थालेका छन् । यस्तो नयाँ ट्रेण्डले चीनमा सोसल साइटमा तहल्का पिटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दाबी गर्छन् ।

आफूलार्इ वास्तविक महिला प्रमाणित गर्ने उपाय पनि निकै अनौठो खालको छ । आफ्नो स्तनमुनी पेन वा पेन्सिल राखेर सेल्फी खिच्दा त्यत्तिकै अडियो भने वास्तविक महिला भइयो । कतिपयले त पेन वा पेन्सिलको सट्टा ब्रस वा बोटल पनि स्तन मुनी अड्याउने अभ्यास गर्न थालेका छन् ।

अहिले चीनमा यस्ता फोटाहरू लाखौ पटक शेयर हुने गरेका छन् र ती फोटोहरूमा लेखिएको हुन्छ– पास द च्यालेन्ज टु प्रुभ यू आर अ ट्यू ओमन । चीनमा प्रयोग भइरहेको यो ट्रेण्डलार्इ यसअघि सामाजिक सञ्जालमा चर्चित ‘ह्यास होल्ड अ कोक विथ योर बुब’ च्यालेन्जसँग यो ट्रेन्डलाई तुलना गरिएको छ ।

सम्बन्धित शिर्षकहरु