किन बिहार छिरे मोर्चा नेता ?

morchaकाठमाडौं, सोमबार सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भयो । विहारका पूर्व मुख्य मन्त्री लालु यादवसँग मधेसी मोर्चाका नेताहरूले भलाकुसारी गरिरहेको तस्बिरले निकै चर्चा परिचर्चा बटुल्यो । विशेष गरेर सेलाउँदै गएको मधेस आन्दोलन उचाल्नका लागि मधेसी मोर्चाका नेताहरू बिहार पसेको भन्दै सामाजिक सञ्जाल मात्र होइन राष्ट्रिय राजनीतिय मोर्चाको व्यापक आलोचना भइरहेको छ ।

नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले त ट्वीट नै गरेर यो तस्बिर देखेर कोही स्वाभिमानी नेपालीको शीर निहुरने प्रतिक्रिया दिए । त्यसो त  वार्ता र सम्बादका माध्यमबाट समस्याको समाधान पहिल्याउन कुनै तदारूकता नदेखाउने मधेसबादी दल आन्दोलन उचाल्न बिहार पस्नु पक्कै राम्रो संकेत होइन ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका महेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका नेता जंगिलाल यादव लालुको दैलोमा पुग्नुलाई निर्क अर्थपूर्ण रूपमा लिइएको छ ।

मिडिया फर बोर्डर हार्मोनीले मुजफ्फरपुरमा गत आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भारतको सांसदसमेत रहेका सिंहले भने, ‘मधेसी जनताको अधिकारका लागि बिहारी जनता नयाँ दिल्लीदेखि काठमाडौंसम्म धर्ना दिन तयार छन् ।’ यो कुरा आएको भोलिपल्ट मोर्चा नेतासँग लालुले भेटवार्ता गर्नुलाई संयोग मान्न सकिँदैन ।

 

सम्बन्धित शिर्षकहरु