भ्रामक खवर सम्प्रेषित गरेको भन्दै हिमालयन परिवारको यस्तो आपत्ती

 

जर्मनी, भ्रामक खबर सम्प्रेषित गरेको भन्दै हिमालयन परिवार जर्मनीले आपत्ती प्रकट गरेको छ । भूकम्प पीडितको सहयोगको लागि संस्थाले संकलन गरेको रकम हिनामिना भएको भन्ने आरोपको संस्थाले प्रतिबाद गरेको हो ।

hariगएको वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त संरचना पुर्निर्माण र भूकम्पबाट पीडित भएकाहरूको राहतको लागि संस्थाले जर्मनीमा सहयोग संकलन गरेको थियो । तर, पीडितको नाममा  उठाइएको रकम दुरुपयोग गरिएको आसय सहितको समाचार आएपछि संस्थाले विज्ञप्ति निकालेर खण्डन गरेको छ ।

समाचार अतिरञ्जित भएको संस्थाका अध्यक्ष हरिबहादुर न्यौपानेले जानकारी दिए । ‘संस्थाको आम्दानी खर्च अत्यन्त व्यवस्थित तरिकाले राखेका छौं,’ संकलित रकम मध्येबाट नेपालमा स्कूल पुनर्निर्माण र गुगल ब्वोयको उपचारका लागि र काभ्रेका माझिफेदा गाविसमा राहत वितरण लगायत विभिन्न शीर्षकमा खर्च भएको छ,’ उनले भने समाजका लागि केही गर्छु भन्नेलाई खुट्टा तान्नु स्वभाविक भएकाले हामी बिचलित भएका छैनौं ।’

त्यस्तै संस्थाले भूकम्प पीडितहरूलाई चिसोबाट जोगाउन व्ल्यांकेट लगायतका सहयोग उपलब्ध गराउन लागेको पनि न्यौपानेले जानकारी दिए ।
हेर्नुहोस् विज्ञप्तिः

सम्बन्धित शिर्षकहरु