मधेसी मोर्चासहित प्रमुख तीन दलको बैठक यसकार सहमतिमा पुगेन

bartaकाठमाडौं, सत्तापक्ष, प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक निष्कर्षविहीन भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण विधेयक सँगसँगै संसद बैठकमा पेश गर्नुपर्ने अडान राखेको थियो । तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक र पुनर्निर्माण विधेयक अलग भएको भन्दै तत्काललाई संविधान संशोधन विधेयक मात्रै पेश गर्नुपर्ने अडान दोहोर्‍याएको थियो ।

कांग्रेस र मधेसी मोर्चा आ-आफ्नै अडानमा रहेपछि बैठकमा सहमति नजुटेको हो ।

बैठकपछि उपप्रधानमन्त्री कमल थापाले भने, ‘सरकार दुबै विधेयक संसदमा पेश गर्न तयार छ । तर कुन पहिले भन्ने प्रतिपक्षको अडानले संसद बैठक अबरुद्ध हुनु दुर्भाग्य हो ।’

सम्बन्धित शिर्षकहरु