काठमाडौं, संविधान संशोधनका लागि नेपाली कांग्रेसलाई एकीकृत माओवादीले पनि साथ दिने भएको छ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडाँमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता दिनानाथ शर्माले तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाले अघि सारेको संविधान संसोधनको प्रस्तावमा आफ्नो पार्टीले समर्थन गर्ने बताएका हुन् ।
मधेसमा जारी आन्दोलन सम्बोधनका लागि संविधान संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेकाले संविधान संशोधनका लागि नेपाली कांग्रेसले अघि सारेको प्रस्तावमा आफूहरुको समर्थन रहने उनले उल्लेख गरे।
उनले मधेसको आन्दोलन समस्या समाधान गर्नका लागि नेपाली कांग्रेस सहितको उच्चस्तरीय वार्ता टोली गठन गर्नुपर्ने बताए।
शर्माले नेपालीहरुले भारतको भूमी र भारतीय जनताको सुरक्षा गरेको उल्लेख गदै आफ्ना परिवारमाथि लगाएको नाकाबन्दी बिरुद्ध आवाज उठाउनु पर्ने बेला आएको बताएका छन्। शर्माले भने, ‘आफ्ना आमा, बुबा, दाजुभाइलाई यस्तो दुःखमा पार्ने भारतीय रवैयाको उनीहरुले विरोध गर्नुपर्ने बेला आयो ।’
उनले नेपालीले चौकीदारीदेखि कारगिल काश्मिर लगायतका स्थानहरुमा नेपाली युवाहरुले भारतीय भूमी र भारतीय जनताको सुरक्षा गरेको दावी गरे। उनले भारतले सामान्य युद्धका नियमहरुको पनि पालना नगरेर औषधी, विद्यालयका सामाग्रीको पारवहनमा अवरोध पुर्याएको बताए। उनले भने, ‘रेडक्रसमा रक्तदान गर्नेहरु छन् तर रगत संकलन गर्ने ब्याग भारतले रोकेको छ ।’
उनले भारत नेपालमा कुटनीतिमा असफल भईसकेको बताउँ संविधान घोषणा गर्ने बेलामा विदेश सचिव पठाएर आफ्नो असफल कुटनीतिको उदाहरण भारतले प्रस्तुत गरेको बताए।
उनले भारतले आफूहरुलाई कुनै दानमा सामानहरु पठाउने गरेको नभई किनेर ल्याउने सामानमा यसरी अवरोध सृजना गरेको बताए।
प्रवक्ता शर्माले बाबुराम भट्टराईले एकीकृत माओवादी पार्टी फुटाएको आरोप लगाएका छन्। राजीनामा दिएर भट्टराई अलग भएपनि उनले भट्टराई दक्षिणपन्थी तर्फ लागेर पार्टी फुटाएको दावी प्रवक्ता शर्माको थियो।
नेता भट्टराईले तेस्रो शक्ति निर्माण गर्ने भन्दै संविधान जारी भए लगत्तै पार्टीबाट राजीनामा दिएका थिए।








