लोकतन्त्रको सुन्दर पक्ष सहमति, सहकार्य र एकताः प्रधानमन्त्री कोइराला

k|wfgdGqL lgjf; afn'jf6f/df g]kfnL sfFu|];sf t/fO{ If]qaf6 k|ltlglwTj ug]{ dlxnf, dw]zL, cflbjf;L;lxtsf ;ef;b;Fusf] 5nkmnkl5 aflxl/Fb} k|wfgdGqL ;'zLn sf]O/fnf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष सहमति, सहकार्य र एकता भएको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका तराई क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला, मधेसी, आदिवासीसहितका सभासद्सँगको छलफलमा उनले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरे।

प्रधानमन्त्री कोइरालाले मुलुक नयाँ संविधान निर्माणको निर्णायक घडीमा रहेको र त्यसमा सबै क्षेत्र, वर्ग, जाति र समुदायको भावनालाई समेट्न आफूहरु प्रयत्नशील रहेको बताए ।

देशका विभिन्न भागमा आन्दोलन गरिरहेकाहरुलाई वार्तामा आउन पटकपटक गरिएको आग्रहलाई बेवास्ता गरिएकामा उनले दुःख मनाउ गरे।

छलफलमा परिमार्जित मस्यौदा संविधानसम्बन्धी विधेयकमा राखिएका संशोधन प्रस्ताव र पछिल्लो राजनीतिक गतिरोधबारे पार्टीका शीर्ष नेताहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

वरिष्ठ नेता शेरबहादुर देउवाले देशलाई धरासायी बनाएर पार्टी र व्यक्तिको स्वार्थ सिद्ध गर्ने कार्यले लोकतन्त्रको संस्थागत विकास हुन नसक्ने बताएका थिए।

उनले आफ्नो अधिकार सुनिश्चित गर्न खोज्दा अर्काको अधिकार हनन गर्न नहुनेतर्फ सगज गराउँदै जनभावनालाई सम्बोधन गरी संविधानसभाबाट संविधान जारी हुने विश्वास व्यक्त गरे

छलफलपछि काँग्रेसका उपसभापति एवम् वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चा र दलसँग पार्टीले घनीभूत छलफल गर्ने र असहमतिका विषयलाई छलफलबाट अन्त गर्ने बताए ।

महामन्त्री कृष्णप्रसाद सिटौलाले छलफलपछि पत्रकारसँग कुरा गर्दै तराईको समस्या समाधान नगरी संविधान जारी हुन नसक्ने भएकाले मधेसवादी दलसँग तत्काल छलफल गरिने बताए । छलफलमा पार्टीका केन्द्रीय सदस्यहरुको समेत उपस्थिति थियो ।

सम्बन्धित शिर्षकहरु