आफ्नो बारेमा भ्रमपूर्ण समाचार आएपछि नायिका नम्रता श्रेष्ठले मुख खोलेकी छिन् । केही अनलाइनहरूले सञ्चारमन्त्री मीनेन्द्र रिजालले राखेको प्रस्ताव अस्वीकार गरेपछि नम्रताको अवार्ड खोसिएको समाचार लेखेका थिए । निर्णायक मण्डलमा रहेकी करिष्मा मानन्धरको समेत हवाला दिएर समाचार बाहिर आएपछि हंगामा भएको थियो । तर, आफूलाई त्यो विषयका बारेमा केही थाहा नभएको र विना आधार समाचार बाहिर आएको करिष्माले बताइसकेकी छिन् । यस विषयमा नेपालपाटी डटकमसँग कुरागर्दै ‘हुँदै नभएको विषयमा अनलाइनमा कसरी आयो ? अनलाइन तथा ब्लगहरूमा मेरो समेत नाम मुछिएको रहेछ, यस्तो तथ्यहिन् समाचार लेख्न पाइन्छ ? करिष्माले प्रश्न गरेकी थिइन् ?’
आफ्नो बारेमा गम्भीर कुराकानी बाहिर आउँदा पनि केही प्रतिक्रिया नदिइ मौन रहेकी नम्रताले मंगलबार यस विषयमा प्रष्ट पारेकी छिन् । आफू अवार्ड वितरण समारोहमा सरिक भएको र म्यूजिक भिडियो छायांकनमा जानु पर्ने भएकाले चाँडै निस्किएको उनले बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नम्रताले आफ्नो मौनतलाई गलत अर्थमा लिएको पनि बताएकी छिन् । उनले यस्ता तथ्यहिन् समाचारका विषयमा टिप्पणी गर्नुको कुनै तुक नरहेको भन्दै भ्रममा नपर्न सवैमा आग्रह समेत गरेकी छिन् ।
यता मन्त्री रिजालले पनि ब्लगमा आएको मनगढन्ते समाचारको विषयमा प्रतिक्रिया दिनु आवश्यक नभएको बताइसकेका छन् ।
Dear All, I Feel really sad to be writing this but don’t want my silence to be misleading!Initially, I was unaware…
Posted by Namrata Shrestha on Tuesday, August 4, 2015








