एनआरएनए, साउथ अष्ट्रेलिया स्टेट कोअर्डिनेटर
एनआरएनए दक्षिण अष्ट्रेलियाको कोआर्डिनेटर पदमा यहाँहरूले जिताउनु भएको छ । निर्वाचनमा बिजयी गराउनुहुने सवैलाई धन्यवाद दिन चाहन्छु । प्रतिष्पर्धामा पछाडि पर्नुभएका साथीहरूलाई पनि धन्यवाद र निराश नहुन आग्रह गर्दछु । हामी जितेको जिम्मेवार हुनका लागि हो पदमा पुग्न होइन । सवैलाई मिलाएर कसरी अघि बढ्न सकिन्छ त्यो विषयमा मैले सोच विचार गरिरहेका छु ।
चुनावी माहौलमा अघिपछि भएपनि नेपाली समुदायको लागि र प्रवासको लागि तथा स्वदेशको लागि एकमना एकताका साथ अघि बढ्ने कुनै कसर बाँकी राख्दिन । बाहिर रहका सल्लाहकारहरू अग्रजहरू सबैलाई समेटेर अघि बढ्ने छु । त्यस्तै एनआरएनए केन्द्र र नेसन कमिटीसँग हामी कार्यगत एकता गरेर नेपाली समुदायको हितका लागि पर्ने छौँ ।







