अष्ट्रेलियामा पुर्णिमा बनिन् प्रथम नेपाली महिला “सिभिल म्यारिज सेलेब्रेन्ट ”

ममता श्रेष्ठ ,असनेपाल न्युज, सिड्नी ।
अष्ट्रेलियामा नेपाली समुदायको तर्फ बाट पुर्णिमा सन्जेल प्रथम महिला “सिभिल म्यारिज सेलेब्रेन्ट ” बन्न सफल भएकि छिन्। अष्ट्रेलियालि सरकार अन्तर्गत एटोर्नो जनरल डिपार्टमेन्टले हालै बाट पुर्णिमा सन्जेललाई सो ईजाजत प्रदान गरेको हो । अष्ट्रेलियामा विगत १५ वर्ष देखि बसोबास गर्दै आइरहेकि

No photo description available.
Purnima Sanjel , First Nepali Marriage celebrant in Australia

सन्जेल यस अघि “अष्ट्रेलियन आईडियल कलेज”कि प्रशिक्षक , नेपाली अनुवादक तथा दोभाषे , ‘नाटि’ अष्ट्रेलियालि परीक्ष्या वोर्डको प्यानेल निर्देशकको रुपमा काम गर्दै आइरहेकि छिन्। सिभिल म्यारिज सेलेब्रेन्टको रुपमा सेवा दिने मनसाय गरि सोहि बिषयमा विगत केही वर्ष देखि आफुले  अध्ययन, सोध गर्दै आईरहेको र हाल सम्पूर्ण प्रकृया पुरा भए पछि सो नियुक्ति प्राप्त भएको सन्जेल बताउंछिन्।अष्ट्रेलियाअष्ट्रेलियामा विवाहको कानुनि दर्ता , सम्बन्ध परामर्श , “‘बर्थ डेथ एन्ड म्यारिज डिपार्ट्मेन्ट “र आम जनता विच समन्वयकर्ताको भूमिका आफुले निर्वाह गर्नु पर्ने जिम्वेवारी पाएको उनि बताउंछिन्। अष्ट्रेलियालि एटोर्नी जनरलको आफ्नो सरकारी वेबसाईटमा हालै बाट उहांको नाम “सिभिल म्यारिज सेलेब्रेन्टको रुपमा प्रकाशित भएको छ । नेपाली समुदाय बाट हाम्रो सेवामा महिलाको पनि उपस्थितिन हुनुले स्ररकारि सेवाको दाँयरा अझ फराक बनेको सेलेब्रेन्ट अध्यापक श्यालि केन्ट असनेपाल न्युजलाई बताउंछिन्।
नेपाली समुदायको पहिलो म्यारिज सेलेब्रेन्टको रुपमा भने १४ वर्ष अघि भीमसेन सापकोटाको रुपमा चिनिनु हुने आचार्य राजन शर्मालाई सिभिल म्यारिज सेलेब्रेन्टको रुपमामा ”अष्ट्रेलियाली एटोर्नी जनरलले ” इजाजत प्रदान गरेको थियो । अष्ट्रेलियाको कारागार गृहमा परेका नेपाली,विध्यार्थी देखि अन्य देशका हजारौं समुहलाई समेत वैवाहिक , कानुनि र सुखि जीवन परमर्ष सेवा दिईरहनु भएका सापकोटा भन्नुहुन्छ ‘महिला सेलेब्रेन्ट’ नै खोजी गर्ने धेरै सेवा ग्राहिहरुको मागलाई अब पुर्णिमा सन्जेलको उपस्थितिले सम्वोधन हुन सक्नेछ । अष्ट्रेलियाली “सिभिल म्यारिज एक्ट” १९६१ अनुसार अनुसार आवश्यक योग्यता पुरा गरेका विभिन्न व्यक्तिहरुलाई यसरि आफ्नो कानुनि विवाह दर्ता सेवा प्रदान गराउंन यसरि ईजाजत प्रदान गर्दै आइरहेको छ ।Marriage Certificate NSW | Certificate of Marriage | Marriage Certificate

नेपाली समुदायमा महिला म्यारिज सेलेब्रेन्ट आज सम्म पनि हुन नसकेको अवस्थामा पुर्णिमा सन्जेल ज्युको यो उपलब्धिले विवाहको कानुनी दर्तासेवा अन्तर्गत नेपाली समुदाय मात्र नभै यसबाट सिङ्गो अष्ट्रेलियाली समुदायले लाभ लिन सक्न र यो बिषय नेपालीहरुकै गौरव बनेको समुदायका अगुवा तथा पेन्सस् नेपाली समुदायका प्रमुख लक्ष्मण श्रेष्ठ असनेपालन्युजलाई बताउंनु हुन्छ ।

सम्बन्धित शिर्षकहरु