नेपालको निशान छाप परिवर्तन किन ? – मौलिक जरोकिलो पार्टी

श्रीमान् प्रधानमन्त्री ज्यु , नेपाल सरकार

मौलिक जरोकिलो पार्टी साथै सम्पूर्ण राष्ट्रवादी नेपालीको मागलाई सरकारले सम्बोधन गरी नयाँ नक्सा जारी गर्ने काम आफैमा प्रसम्सनिय छ | तर नयाँ नक्सा  भन्दा पनि हाम्रो पुरानो नक्सालाई नै निरन्तरता दिने भनेर २०३२ साल देखिको गल्ती सुधार गरेको भनेको भए अझै सान्दर्भिक हुने थियो |

नेपाल सरकारले सीमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाई प्रत्येक महिना सीमाको स्थिति सार्वजनिक गर्न समेत माग गर्दछौँ  | नेपाली सीमा भित्र बनाईएको सबै भारतीय संरचना तत्काल हटाउन पहल गरियोस् |

No photo description available.नेपालको पुरानो निशान छाप

नेपालको राष्ट्रिय निशाना छापमा  रहेको अधुरो नेपालको नक्सा साथै महिला र पुरुषले हात मिलाएको तस्विर हटाएर नमस्कार गरिएको राखियोस् । अभिवादनको निम्ति हात मिलाउनु नेपालको मौलिक संस्कृति पनि होइन । हात मिलाउँदा सजिलै रोगको संक्रमण हुने सम्भावना रहेको हुँदा यो स्वस्थकर पनि होइन । कोरोना संक्रमणको कारण नमस्कारको महत्व विश्वमा ह्वात्तै बढेको अहिलेको अवस्था छ । यस्तो अवस्थामा नेपालले राष्ट्रिय निसाना छाप नै परिवर्तन गरेर यो संकटबाट लड्न वैश्विक ऐक्यबद्धता जनाउन उपयुक्त समय अहिले नै हो भन्ने मौलिक जरोकिलो पार्टीको ठम्माइ  छ | नमस्कारका अनेकौं फाइदा हामीले जानेका बुझेका नै छौँ  |

नेपालको लागि नयाँ निशान छाप नमुना

नयाँ निशान छापमा किन महिलाको हात मात्रै भन्ने सवाल पनि आउँ सक्छ तर हामी र हाम्रो  सनातन संस्कार, सभ्यतामा भूमिलाई माताको रुपमा स्पष्ट व्याख्या गरिएको छ साथै मातृ शक्तिलाई नै सर्वोच्च स्थान दिएको हुनाले महिलाको हात राख्नु उपयुक्त देखिएको हो | यसको लागि मौलिक जरोकिलो पार्टी र जरोकिलो महाअभियानले अनलाई मतदान गरी भोट संकलन गरी रहेको छ | तपाईहरु पनि यसमा सहभागी बनी सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछौं | सम्पूर्ण राष्ट्रवादी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई स्वदेशी उत्पादन बढाउँनु साथै प्रयोगमा जोड दिन हार्दिक आव्हान गर्दछौं |

निशान छाप परिवर्तनको लागि दवाव स्वरूप तलको लिंक भित्र गैर भोट गरौँ |

http://chng.it/CtSXwHC6?fbclid=IwAR2ij9OZpKprYDllnRKD8diYB0NY_vGhg2UBAAt9AhdPIP9UgmfrFrKJ9nY

(सहृदयता दर्शनबाट निर्माण गरीएको राज्यराष्ट्र सिद्धान्त, सहृदयता अर्थतन्त्र, स्थितिगत्यात्मक प्रगतिवाद – समाज विकासको सिद्धान्त आदि लाई बुझिदिनु हुन मौलिक जरोकिलो पार्टी हार्दिक अनुरोध गर्दछ |)

(स्रोत: जरोकिलो अभियान्ता – राजन लोहनी)

 

 

 

 

सम्बन्धित शिर्षकहरु