चेतना नेपाल , असनेपालन्युज । विश्व भरिका योगीमनहरु परम ध्यानको उर्जामा एकै साथ डुबुल्किमार्न निस्किए । अनलाईनको तरङ्ग मार्फत हरेक माटो र हरेक विचारको बाटो बाट । विश्वका अध्यात्मिक व्यक्तिहरुलाई समेट्दै जाडोको सुर्य झैं न्यानो प्रकाश बोकेर हर शहरका र वस्तिका विशेष मन र मुटुहरुलाई जोड्दै उदाएको विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले अजमाएको यो विश्व माझेरिमा कयौंका र्हिदय पुलकित बने । ध्यानको परम उर्जाले नयनहरु झरिमा बदलिए । र्हिदय कम्पित बन्यो । करुणा र प्रेम रसले माहोल भरियो । के अमेरिका , अष्ट्रेलिया , बेलायत , दुवाई , मलेसिया ,फिजी ,नेपाल , भारत, कतार वा विश्वका अन्य भाग सबै एउटै प्रेममालाको पुष्पलहर बने ।
अतर्राष्ट्रिय योग गुरु आचार्य राजन शर्माज्युको उत्प्रेरक ध्यान निर्देशनले धेरैको सुषुप्तिलाई हल्लाईदियो । वैशाष पुर्णिमा “विश्व ध्यान दिवस” बनेर विश्व भरि नै तरन्ङित भयो । बुद्द जयन्ति, गोरक्ष दिवस , चण्डि पुर्णिमा समेटा परेको यस दिवसलाई श्रद्देय आचार्य गुएरुदेवले विश्वका ६० देशका योगिहरुको समन्वय गर्दै एक वर्ष अघि अर्त्थात वि स २०७९ साल मा नेपालअको स्वयंभु भात विश्व ध्यान दिवसको विधिवत घोषणा र शुभरम्भ गर्नु भएको थियो ।
नेपाल सरकारको प्रतिनिधित्व गर्दै प्रमुख अतिथिमा रहनु भएका शिक्षा मन्त्रालयका सह सचिव डा हरि प्रसाद लम्सालज्युले नेपालको गरिमा बढाउंन यो विश्व दिवस अत्यन्त फलदायी बनेको र सरकारको तर्फ बाट यसलाई मलजल गरि राष्ट्रको पहिचान र गरिमाको बिकासमा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजअले गरेको यो कार्यक्रम स्तुत्य रहेको भन्दै गुरुदेवको मुक्त कण्ठले प्रसंसा गर्नु भयो ।
अष्ट्रेलियाको चर्चित योगीनी तथा अध्यात्मिक संगित ब्याण्ड ‘गीति र ज्ञान “विदेशि भएर पनि दमदार संगित प्रस्तुत गर्दै नेपालीको यो विश्व अभियानमा विशेष सहभागीता रहेको बताउंनु भयो । चेतना नेपाल र सबिता न्यौपानेको सुमधुर सुत्रधार कला सँगै बगेको सो विश्व ध्यान दिवस मन्च मा फिजी बाट सिता दाहाल , अमेरिका बाट गंगा आचार्य र वेलायत बाट दाँया गौतम तथा कतार बाट झपट घिमिरेले नेपाल विश्व गुरु रहेको र यसलाई वर्तमान युगका वुद्द पुरुषले थालनि गरेको भन्दै गहिरा भाव र दर्शनको प्रस्तुति राख्नु भयो ।
विश्व ध्यान दिवस मार्फत नेपालका गुरुहरुको महाप्रकाशलाई संसार भर पुर्याउंन बुद्द जन्मिएको ८० वर्ष पछि अर्को बुद्द पुरुषको जन्म भयो भन्दै अमेरिका बाट विदुषि गंगा आचार्यले अबको राष्ट्र प्रमुखको अगुवाई यस्तै ध्यानि बुद्द पुरुष बाट हुनुपर्ने कार्यपत्र प्रस्तुत गर्नु भयो । वाल योगीनी सियोना अर्यालको विषेश प्रस्तुती राख्दा सबैमा एक आशा र उत्साहको संचार भएको थियो । विदुषि भवानी धित्तालको सुमधुर भाव र समाजका उपाध्यक्ष दीर्घराज गिरिको स्वागतका सुन्दर भाव र योगेन्द्र खतिवडाज्युको आभार शब्द सङ्गै बगेको ध्यानी मनहरुको छहारिमा आचार्य राजन गुरुदेवको यी वाणिहरुले सबैलाई जाग्न र घचघचिन उत्साह थप्यो ”
“हरेक व्यक्तिमा बुद्ध बन्ने , गार्गी बन्ने एवम् परम् चैतन्य प्राप्त गर्ने क्षमता लुकेको हुन्छ । त्यो क्षमता , त्यो उर्जालाई चिन्न सक्नुपर्याे । आफूभित्र त्यो आन्तर्निहित दिपकलाई जगाउन स्वयं अग्रसर हुन्नुपर्याे । आफ्नो लागि उपयोगी र अरुका लागि सहयोगी बन्न सके सफलता बिस्तारै बिस्तारै मिल्दै जान्छन् । नेपालीहरु भनेका गाेर्खाली लडाकु मात्रै हैनन् , युद्धका लागि मात्रै हैनन् र नेपाली भनेका दिनहिन अरुको आश्रय लिने मात्रै हैनन् कि – नेपाली भनेका ध्यानीहरु, ज्ञानीहरु, तपस्वी , एवम् विश्वलाई याेग, आयुर्वेद , ध्यान , साधना र प्राकृतिक चिकित्साबाट विश्वलाई आलाेक पार्न सक्ने सामार्थ भएका गुरुदेशका स्वयं दिपक हुन । आफू सँगै अरुलाई पनि यो परम् चैतन्यमा रुपान्तरीत गर्न सक्ने काेही छ भने त्यो हामी नेपाली मात्रै छाैं ।”
विश्व ध्यान दिवस किन !
नेपालले अन्तरर्राष्ट्रिय योग दिवसको प्रस्ताव संयुक्त राज्य संघमा लैजाने भनेर सरकार र अन्यको विवाद चल्दा चल्दै यसमा अन्य देशलेनै साख लिन पुग्यो ।ध्यान योगको उत्पत्ति स्थल नेपाल हुंदा-हुदै पनि यसको साख ओझेल पर्यो । तर अब ध्यान दिवसको साख भने नेपालकै हातमा रहोस् भनेर यो पहल गरिएको हो।
हिमवत खण्ड ,शिव , बुद्द , अष्टावक्र, जनक र अन्यमहान ध्यानी प्रवर्द्दकहरुको देश नै ध्यान उत्पत्तिको देश हो । आफु ध्यानमा आलोकित हुँदै संसारलाई प्रकाशित पार्दै जानु छ । यो भावका साथ कसै न कसैले त शुभारम्भ गर्नै थियो । र आचार्य गुरुदेव यसको माध्यमको भूमिका निर्वाह गर्नु पुग्नु भएको हो ।
आजका विश्वका ध्यान प्यासिहरु ४४ राष्ट्रबाट जोडिएका छन्। जुन संभावना खुल्यो र प्राप्त भयो अब युग युगमा यसको प्रकाश चम्किरहने छ ।
https://www.youtube.com/live/Wsm4X3N91mw?feature=share











More Photos :
more photos :<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsabita.neupane.773%2Fposts%2Fpfbid0DE2g9Td3PbBY5RfWNDHdMyKgXSpHVnv8UNGsp9mnpqG142QydGGEjT9E1cBYFLbul&show_text=true&width=500″ width=”500″ height=”760″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>









