काठमाडौं । महाभारत युद्धको रणभूमिमा भगवान् श्रीकृष्णले आफ्नो प्रीय पात्र र श्रेष्ठ धनुर्धर अर्जुनलाई गीताको उपदेश दिएका थिए । भगवान कृष्णलाई कलियुगमा हुनेवाला भ्रष्टाचार, वैमनस्य तथा स्वार्थका बारेमा पहिला नै ज्ञान थियो । यसकारण उनले अर्जुनलाई माध्यम बनाएर यो उपदेश समस्त मानव जातिको कल्याणका लागि दिए ।
धर्मको मार्गमा लागेर पनि मनुष्यले कसरी आफ्नो जीवनको सारा समस्या हटाउन सक्छ उनले यो बताएका छन् । यो न हृष्यति न द्वेष्टि न शोचति न काङ्क्षति । शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ॥
अर्थ– यस्ता मानिस जो न कहिल्यै अति हर्षित हुन्छन्, न द्वेष गर्छन न शोक गर्छन् । र जो न कामना गर्छन् र शुभ र अशुभ सम्पूर्ण कर्मका त्यगी छन् त्यस्ता भक्तियुक्त मानिस मलाई प्रिय छन् । अर्थात– कुनै पनि अति विशिष्ट कार्य हुँदा हामीले अति हर्षित हुने कुराबाट बच्न जरुरी छ । यसो गर्नाले गल्ती हुने आशंका बढ्छ । अरुलाई जलन हुने कुनै काम गर्नु हुँदैन ।








