‘महापुरुष’का नयाँ हिरो अभिनेता अरुण क्षेत्रीको ‘लुक्स’ सार्वजनिक

काठमाडौं । अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ले डेब्यु अभिनेता अरुण क्षेत्रीको ‘लुक्स’ सार्वजनिक गरेको छ ।

मंगलबार नयाँ पोस्टर सार्वजानिक गर्दै फिल्मले उनको चरित्रबारे खुलाएको हो । सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरेको देख्न सकिन्छ । उनको पछाडि हरिवंश छन् ।

बाइक गुड्दै गर्दा स्पिड ब्रेकरमा पुगेपछि बाइक उचालिएको दृश्यलाई क्यारेक्टर पोस्टर बनाइएको छ । उनले फिल्ममा विज्ञान पात्रको भूमिका निर्वाह गरेका छन्, फिल्ममा उनी हरिवंशका कान्छा छोरा हुन्छन् ।

‘महापुरुष’ फिल्म कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा महजोडीसहित गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल लगायतले अभिनय गरेका छन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग्य गरेको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् भने निर्माता दीपेश खत्री छन् ।

सम्बन्धित शिर्षकहरु