
काठमाडौं । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक योग विधामा विश्व कीर्तिमान राख्न सफल अन्तर्राष्ट्रिय योग गुरु आचार्य श्री राजन शर्मा (भिमसेन सापकोटा) को जन्मदिनको अवसरमा ब्याग वितरण गरिएको छ ।
सल्यान जिल्लामा रहेका दृष्टि विहिनहरुको अध्ययन तथा योग शिक्षाको लागि आचार्यश्री लगायत दक्षिण अस्ट्रेलियामा रहनु भएका इन्दिरा दुलाल ,अम्बिका दुलाल, धनमाया बस्नेत, बसन्त बस्नेत बिना बस्नेतको पहलमा ब्याग वितरण गरिएको हो ।
एक कार्यक्रमकोबीच सल्यनको शिवजन माध्यमिक विद्यालय सितलपाटी सल्यानमा संचालित दृष्टिबिहिन छात्रावासमा अध्ययनरत १४ जना बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरिएको हो ।

उक्त कार्यक्रममा सोही स्कुलका प्रध्यानध्यापक हिरालाल नेपालीले अध्यक्षता गरेका थिए ।
प्रमुख अथिती वडा न. १ का वडाअध्यक्ष प्रदीप कुमार पाण्डे रहेका थिए । सोही दृष्टि विहिन छात्राबासका इन्चार्ज राजेश अर्याल र योग साधक खडक राणा लगाएतको उपस्थिती रहेको थियो।
कार्यक्रमको संचालक सनत शर्माले गरेका थिए भने ब्याग वितरण योगिनी गीताश्रीको अध्यक्षतामा भएको थियो। यसरी प्रत्येकले प्रत्येक भूगोलको ठाउँबाट मन वचन कर्मले सहयोग गर्ने सबैलाई विद्यालयले कृतज्ञता व्यक्त गरेको छ ।
विश्व शान्ति परिवार सल्लान उक्त कार्यक्रममा दृष्टिबिहिन राजेश प्रसाद अर्याल र अर्का अपाङ्ग ब्यक्ति हिव्लचियर प्रयोग गरेर हिडडुल गर्ने मोहन राज उपाध्याय सम्मानित भएका थिए ।
उनिहरु नियमित योग ध्यान गर्दै आइरहेको र योगमा लागेदेखि आफूहरुमा निकै सकारात्मक भावको वृद्धि भएको र शरीरझनै निरोगी समेत हुँदै गएको बताएका थिए ।

योग प्रशिक्षक योगिनी गिताश्रीले दृष्टि विहिन लाई निकै मेहनतका साथ योग सिकाउनु भएको दृष्टि विहिन समाजले सम्मान पत्र दिएको थियो ।
उनले दृष्टि विहिन बालबालिकालाई राप्तीका ५ जिल्ला हुँदै निकट भविष्यमा ७७ वटै जिल्लामा योग सिकाउने अभियान अगाडि बढाउने योजना बनाउनु भएको छ। अहिले भने राप्तीका ५ जिल्लामा अभियान निरन्तर चलिरहेको छ ।
भदौं १ गते चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’,‘योग दर्शन र प्राचीन चिकित्सा’ का सर्जक, योग विधामा विश्व कीर्तिमान राख्न सफल अन्तर्राष्ट्रिय योग गुरु (भिमसेन सापकोटा) को ४८ औं दिनदिन देशविदेशमा भव्य रुपमा मनाइएको थियो ।
को हुन् शर्मा ?
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक प्राचार्य एवम् अन्तर्राष्ट्रिय योगगुरु सापकोट अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाललाई योग गन्तव्य बनाउने अभियान लागि परेका छन् ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा उडिरहेको विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो कीर्तिमान शर्माकै नाममा रहेको छ ।
महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवर्द्धन गर्दै आएका उनी विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुन् । लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुन् ।
अष्ट्रेलियामा अध्यापन तथा योग प्रवद्र्धन गरिरहेका योगी आचार्यले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् ।
शर्माको अभियानले अष्ट्रेलिया नेपाली पहिचानकै पशुपतिनाथ, बौंद्ध मन्दिर तथा विश्व शान्ति आश्रम समेत स्थापना भइ सञ्चालनमा आएको छ । ३२ रोपनीको कम्पाउन्डबीचको २०० वर्ष पुरानो पुरातात्विक चर्च भवन उनकै पहलमा शिवालय र बौंद्ध विपश्यना ध्यान केन्द्र परिणत भएको हो ।
भने २ वटा ड्याम (तलाउ) सहितको १५ हेक्टर जमिन नेपाली गौशालालाई उपलब्ध भएको छ ।








