थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

५ हजार ५५ जनाको परीक्षण गरेकोमा ६३८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्‍ये २ हजार २१५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय जना र २ हजार ८४० जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको बताइएको छ । यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार ७१४ पुगेको छ ।

त्यसो त पछिल्लो २४ घण्टामा २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।

सम्बन्धित शिर्षकहरु