राजपाका नेताले काँग्रेस उम्मेदवारको गाडी तोडफोड गरे

जेठ ३० ।कोहलपुर, नेपालगन्ज उपमहानगरपालिकाका नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार डा सुरेशकुमार कनोडियाको गाडीमा आज बिहान

राष्ट्रिय जनता पार्टीका नेताले तोडफोड गरेका छन । नगरको वडा नम्बर २२ पुरैनामा भइरहेको घरदैलो कार्यक्रममा प्रमुख उम्मेदवार डा कनोडियालाई छोडी सम्पर्क कार्यालय फर्कँदै गरेको बा १४ च १३८७ नम्बरको स्कारपियो गाडीलाई त्रिभुवनचोक, नेपालगन्जमा राजपाका नेता ललितकुमार रौनियारले ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

गाडी तोडफोड गर्ने रौनियारलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । पुरैनाबाट फर्कदै थिएँ, अकस्मात् गाडीको झन्डा भाँच्दै ढुङ्गाले गाडीमा हानेको गाडी चालक महेन्द्र सिंहले बताउनुभयो । गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ ।
यसैबीच, प्रमुखका उम्मेदवार डा कनोडियाले निर्वाचनमा हिंसा र तोडफोड नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सम्बन्धित शिर्षकहरु