विश्व रुवाउने तस्बिरको यो कहानी

एजेन्सी,  टर्कीको समुन्द्र तटमा बगेर आएको एक सीरियाको बच्चाको शवको फोटोले विश्वलाई हल्लाएको छ । उक्त तीन वर्षको बच्चाको बुवाले आफ्नो हातबाट बच्चा अचानक खस्न पुगेको बताएका छन् । यो घटना हुँदा उनी चढेको ढुङगा युनान तर्फ गइरहेको थियो । अब्दुल्लाले आफ्ना तीन वर्षीय छोरा आयलान, चार वर्षीय छोरा गालेब र श्रीमति रिहानालाई यो त्रासदी पूर्ण दुर्घटनामा गुमाएका छन् । टर्किको मीडियाले अब्दुल्लाको उपनाम कुर्दी  भनेका छन् ।तर सीरियाई सुत्रका अनुसार उसको नाम सिनु हो ।

photo

अब्दुल्ला कुर्दीले टर्कीको डोगान समाचार एजेन्सीलाई हिजो ढुङ्गा डुब्दाको क्षणका बारेमा बताए ‘मैले श्रीमतीको हात समातेको थिएँ, तर मेरो बच्चा मेरा हातबाट चिप्लीयो । त्यहाँ अध्यारो थियो र सबै तिर रुवाबासी थियो । हामीले सानो ढङ्गामा टासिरहन खोज्योँ तर त्यसको पनि हावा निस्कदै थियो’ उनले भने ।

समाचार एजेन्सीका फोटो पत्रकारले भनेका छन् ‘धेरै दुःखी अब्दुल्ला हिजो बोद्रुमको शव गृह छेउमा बसेका थिए । आफ्ना आफन्तका शवलाई नगरपालीकाको भ्यानमा राख्नको लागि प्रतिक्षामा थिए र उनको नजर आफ्नो फोनमा थियो ।’

buwa bacha ko

यूनानी द्वीप कासतर्फ गइरहेका दुई ढुङ्गा बुधबार टर्कीको समुद्रमा डुबेको थियो । जदसका कारण १२ जना सीरियाका प्रवासी मरेका थिए । यो पुरा त्रासदीमा तीन वर्षीय बालक आयलानको मृत्युले विश्वभरीको ध्यान खिचेको छ । आयलानको शव एक फोटोमा बोद्रुमको तटमा लडिरहेको देखाइयो । यो फोटो विश्वभरी भाइरल भयो र शरणार्थीहरुको त्रासदीको प्रतिक बन्यो ।

अर्को फोटोमा एक जना टर्कीको सुरक्षा अधिाकारीले बच्चालाई आफ्नो काखमा उठाएर लिदै गरेको देखाइएको छ । टर्कीको मीडियाले भनेको छ कि अब्दुल्ला आफ्नो परिवार र तीन जना अन्य सीरियाईहरुसँग ढुङ्गाद्धारा समुद्र पार गरिरहेका थिए । खबरका अनुसार उनको परिवार क्यानाडा जाने कोशिस गरिरहेका थिए ।

खबरका अनुसार उनकी बहिनी टीमाले शरणार्थी आवेदन दिएकी थिइन तर क्यानाडाका सरकारी अधिकारीले यसलाई जुन महिनामा खारेज गरी दिएका थिए । टीमा २० बर्ष देखि क्यानडामा बसीरहेकी छन् । उनी हेयर ड्रेसरको काम गर्छिन ।
टीमाको भनाइ अनुसार ‘म उनीहरुलाई आर्थिक संरक्षण दिने कोशिस गरीरहेकी थिएँ  । मेरा साथीहरूले र छिमेकीहरुले आर्थिक सहयोग गरेका थिए । तर हामीले निकाल्न सकेनौँ र उनीहरु ढुङ्गामा गएका थिए ।’

यद्यपि क्यानडाका सरकारी अधिकारीले भनेका छन् कि अब्दुल्ला कुर्दी र उनको परिवारको तर्फबाट कुनै पनि आवेदन आएको छैन ।तर उनका भाई मोहम्मद कुर्दी र उनको परिवारको एक अधुरो फरम छ । क्यानाडा सरकारका अधिकारीले भनेका छन् कि प्रशासनलाई ‘अब्दुल्ला कुर्दी र उसका परिवारको तर्फबाट कुनै पनि आवेदन दिएको जानकारी पाइएन ।’

सम्बन्धित शिर्षकहरु