घरजग्गा कर्जामा कडाइ, उपत्यकामा धितोको ३० प्रतिशत मात्रै ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत घरजग्गा धितोमा पाइने कर्जामा कडाइ गरेको छ।

गत वर्षदेखि नै घरजग्गामा प्रवाह हुने कर्जामा कडाइ गर्दै आएको राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत थप कडाइ गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घर जग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौं उपत्यका भित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि काठमाडौं उपत्यका भित्र अनुपात ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो। यो कडाईले घरजग्गा कारोबारमा थप संकुचन ल्याउने छ ।

सम्बन्धित शिर्षकहरु