यातायात कार्यालय प्रमुखसहित सातजना कर्मचारी निलम्बित

साउन ५, काठमाडौं । भन्सार छलेर ल्याइएका सावरी साधान दर्ता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय महाकाली कार्यालयका प्रमुखसहित सातजना कर्मचारीलाई निलम्बनमा परेका छन् ।  कार्यालय प्रमुख हेमन्तबहादुर सिंह, मेकानिकल इन्जिनियर दिपक थापा, नायब सुब्बा नरेन्द्रराज जोशी, तारदत्त भट्ट, महादेव भट्ट र खरिदार केशबबहादुर बडु श्यामराज ओझा निलम्बनमा परेका हुन् ।  यातायात व्यवस्था विभागको सिफारिसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरुलाई  आजबाट निलम्बन गरेको हो । भन्सार छलेर, चोरीका गाडीको नक्कली कागजपत्र बनाएर दर्ता गर्ने कार्यमा संलग्न रहेको अारोप उनीहरू माथि लागेको छ । भन्सार नतिरी भारतबाट ल्याइएका त्यस्ता सवारीसाधान महेन्द्रनगर कार्यालयबाट दर्ता गर्ने कार्ययमा खरदारदेखि कार्यालयप्रमुखसम्मको संलग्नता रहेको पाइएको छ ।

सम्बन्धित शिर्षकहरु