विगतमा नेपाली काँग्रेसले कम्युनिष्टलाई प्रतिबन्ध गरेजस्तो आफूहरु कसैलाई प्रतिबन्ध नगर्ने

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले विगतमा नेपाली काँग्रेसले कम्युनिष्टलाई प्रतिबन्ध गरेजस्तो आफूहरु कसैलाई प्रतिबन्ध गर्ने पक्षमा नरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेपाली काँग्रेसले अहिलेको सरकार अधिनायकवादर्फ लम्किन खोजेको भन्ने आरोपको खण्ड गर्दै उनले यस्तो बताएका हुन् ।

‘२००८ सालमा काँग्रेसले कम्युनिष्टलाई प्रतिबन्ध गरेको थियो । १२ सालमा बल्ल प्रतिबन्ध फुकुवा भयो । तर हामी त्यस्तो प्रतिबन्ध कसैलाई गर्दैनौँ । ढुक्क हुनस्, हामी कसैलाई पनि प्रतिबन्ध गर्दैनौँ ।’ भट्टराईले भने ।

विगतमा काँग्रेस सरकारमा हुँदा तत्कालिन नेकपा एमालेका संसदीय दलका नेता मनमोहन भट्टराई अपमानित हुनुपरेको स्मरण गराउँदै भट्टराईले अहिले प्रमुख प्रतिपक्षी दल काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अपमानित हुनु नपर्ने बताए ।

सम्बन्धित शिर्षकहरु