एजेन्सी- डेनमार्कको एउटा अति व्यस्त मलमा बन्दुकधारीले गोली चलाउँदा ३ को मृत्यु भएको छ। एक बन्दुकधारीले डेनमार्कको व्यस्त सपिङ मलमा अन्धाधुन्द गोली चलाउँदा तीनजनाको मृत्यु हुनुका साथै केही ब्यक्ति घाइते समेत भएका छन् । प्रहरीका अनुसार घाइते मध्ये दुईजनाको अवस्था निकै गम्भिर रहेको छ ।
सो मलमा गोली चलाउने २२ वर्षे युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यसलाई आतंकवादी घटनाकै रुप अनुसन्धान गरिरहेको बताएको छ । घटनाप्रति डेनिस शाही परिवारले दु:ख व्यक्त गरेका छन् । यस्तै डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेड्रिक्सेनले पनि घटना दुःखद् भएको बताउँदै मृत्यु भएका ब्यक्तिका शोकसन्तप्त परिवार प्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।
राजधानी कोपनहेगनभन्दा केही बाहिरको क्षेत्रमा रहेको यस फिल्डस मल डेनमार्ककै एक ठूलो मलमध्येमा पर्छ । त्यहाँ गोलीवारी सुरु भएपछि उपस्थितहरु माझ भागदौड नै मच्चिएको थियो । सपिङ मलको नजिकै रहेको हलमा बेलायती गायक ह्यारी स्टाइल्सको कन्सर्ट हुने कार्यक्रम थियो तर मलमा गोलि चल्दा उक्त कन्सर्ट पनि यो घटनापछि रद्द गरिएको छ । त्यहाँ गोली चल्दा कयौं मान्छेको भागदौड समेत भएको थियो। अन्य स्थानीय उपस्थित ब्यक्तिहरु डर ,भय र त्रासले निकै आत्तिएका देखिन्थे ।








