अष्ट्रेलियामा क्रिप्टोकरेन्सी लगानीकर्ता लाखौँ घाटामा

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले क्रिप्टोकरेन्सीहरू विदेशी मुद्रा कर व्यवस्थाबाट बाहिर रहने पुष्टि गरेको छ।अष्ट्रेलियाको यो कदमले एल साल्भाडोरले बिटक्वाइनलाई कानुनी टेन्डरको रूपमा अनुमति दिनको लागि चालेको कदम पछ्याएको बताइएको छ।

कोषाध्यक्ष जिम चाल्मर्स र सहायक कोषाध्यक्ष स्टीफन जोन्सले यो निर्णयले अष्ट्रेलियामा कर उद्देश्यका लागि बिटक्वाइन र अन्य क्रिप्टो सम्पत्तिहरूको स्थितिको बारेमा अनिश्चितता सिर्जना गर्ने सम्भावना भएको बताएका छन्।

सरकारले हालको कर व्यवस्थालाई कानून बनाउन अघि बढ्नेछ। यसको अर्थ क्रिप्टोकरेन्सीलाई अस्ट्रेलियामा कर प्रयोजनका लागि विदेशी मुद्राको रूपमा लिइने छैन।

लगानीको रूपमा राखिएको क्रिप्टोहरूमा पूंजीगत लाभ कर जारी रहनेछ। कानुनी परिवर्तनहरू गत वर्षको जुलाई १ देखि लागु गरिने गरी व्यवस्था मिलाइने भएको छ।

यसले क्रिप्टो मुद्राहरूको लागि अस्थिरताको समयमा निश्चितता र स्पष्टता दिने चाल्मर्स र जोन्सले तर्क राखेका छन्। सरकारले द्रुत रूपमा विकसित डिजिटल मुद्रा परिदृश्यमा आफ्नो भूमिकाको लागि व्यावहारिक र समयसापेक्ष दृष्टिकोण लिने पनि बताइएको छ।

क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूका लागि यो केही महिना कष्टपूर्ण साबित भएका छन्। अहिलेसम्म यसका लगानीकर्ता लाखौँ घाटामा बसिरहेका छन्। बजार अझै नराम्रो स्थितिमा पुग्ने चेतावनी समेद दिइरहेको छ।

२०२२ सूरू भएदेखि नै क्रिप्टो बजार बियर रनमा चलिरहेको छ। क्रिप्टो करेन्सीको सबैभन्दा चर्चित क्रिप्टो बिटक्वाइन शनिबार २० हजार डलरभन्दा तल झरेको थियो । यो मूल्य २०२० को डिसेम्बरपछिकै सबैभन्दा कम हो।

सम्बन्धित शिर्षकहरु