दक्षिण कोरियामा आगलागीमा परी सातको मृत्यु; कयौं जना घाइते

एजेन्सी- दक्षिण कोरियामा आगलागीमा परी सातको मृत्यु ४६ जना घाइते भएको खबर विभिन्न संचार माध्यमहरुले जनाएका छन।

दक्षिण कोरियाको दक्षिणपूर्वी सहरमा रहेको एउटा कार्यालय भवनमा भएको आगलागीमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ। उक्त आगलागीमा परेर अन्य ४६ जना घाइते भएका योन्हाप समाचार समितिले जनाएको छ ।

दक्षिण कोरिया राजधानी सोलबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको डेगुमा सहरमा अवस्थित सात तले कार्यालय भवनमा स्थानीय समयानुसार बिहान १०ः५५ बजे आगलागी भएको जनाइएको छ ।हालसम्म प्राप्त समाचारअनुसार आगलागीमा परी सात जनाको मृत्यु हुनको साथै ४६ जना घाइते भएका छन् । अन्य दर्जनौं व्यक्ति सो भवनबाट ज्यान जोगाउन हतार हतारमा आत्तिदै भागेका थिए । घटनास्थलमा करिब ५० दमकल र १६० अग्नीनियन्त्रकहरु खटाइएको र २० मिनेटपछि आगो निभाइएको थियो । यस घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ । घटनाको थप बिवरण आउन अझै बाकी रहेको विभिन्न संचार माध्यमहरुले जनाएका छन।

सम्बन्धित शिर्षकहरु