यस्तो अवस्थामा भेटियो दुर्घटनाग्रस्त तारा एयरको विमान (तस्बिरहरू)

काठमाडौं । तारा एयरको हिजोदेखि सम्पर्कविहीन एउटा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विमान मुस्ताङको थासाङ गाउँपालिका-२, सानीस्वारेँमा दुर्घटनाग्रस्त भएको नेपाली सेनाले जनाएको छ ।

आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त ९ एनएईटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । विमानमा चालक दलका तीनसहित २२ जना सवार थिए ।

सम्बन्धित शिर्षकहरु