अन्तर्राष्ट्रिय योग गुरु ‘आर्चाय राजन शर्मा’द्धारा लिखित पुस्तक ‘योग दर्शन र प्राचीन चिकित्सा’ शनिवार विमोचन हुँदै

काठमाडौं । योग विधामा विश्व कीर्तिमान राख्न सफल अन्तर्राष्ट्रिय योग गुरु आर्चाय राजन शर्मा (भिमसेन सापकोटा) द्धारा लिखिक ग्रन्थ शनिवार विमोचन हुने भएको छ ।

शर्माद्धारा लिखित पुस्तक ‘योग दर्शन र प्राचीन चिकित्सा’ ग्रन्थ शनिवार काठमाडौंको नयाँ बानेश्वर ब्याङकेटमा विमोचन हुन लागेको हो ।

ओरिण्टल पब्लिकेशनद्धारा प्रकाशन भएको पुस्तक दिउँसो १ बजे एक कार्यक्रमको साथ विमोचन हुनेछ । लेखक र कविको रुपमा समेत परिचित शर्माले यसअघि चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ प्रकाशित गरेका थिए ।

को हुन् शर्मा ?

विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक प्राचार्य एवम् अन्तर्राष्ट्रिय योगगुरु सापकोट अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाललाई योग गन्तव्य बनाउने अभियान लागि परेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा उडिरहेको विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो कीर्तिमान शर्माकै नाममा रहेको छ ।

महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवर्द्धन गर्दै आएका उनी विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुन् । लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुन् ।

अष्ट्रेलियामा अध्यापन तथा योग प्रवद्र्धन गरिरहेका योगी आचार्यले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् ।

शर्माको अभियानले अष्ट्रेलिया नेपाली पहिचानकै पशुपतिनाथ, बौंद्ध मन्दिर तथा विश्व शान्ति आश्रम समेत स्थापना भइ सञ्चालनमा आएको छ । ३२ रोपनीको कम्पाउन्डबीचको २०० वर्ष पुरानो पुरातात्विक चर्च भवन उनकै पहलमा शिवालय र बौंद्ध विपश्यना ध्यान केन्द्र परिणत भएको हो ।

भने २ वटा ड्याम (तलाउ) सहितको १५ हेक्टर जमिन नेपाली गौशालालाई उपलब्ध भएको छ ।

ओरेन्ज, बाथस्ष्ट,क्यानवेरा, काउरा ,सिडनी शहरको मध्य भाग स्थित एतिहासिक शहर ‘लिन्डस्ट’मा व्यस्त दिनचर्या बाट विश्राम लिन वा विदाको सदुपयोग गर्दै आन्तरिक शान्ति वोध गर्न पाल्नको लागि अन्तराष्ट्रिय योगगुरु आर्चाय राजन शर्माले आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षकहरु