

करन बिवश,
काठमाडौं- मिति २०७९ साल जेठ २ गतेका दिन विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाज (GSPSS) परिवार नेपालको पहलमा २५६६ औं बुद्धजयन्तीको अवसर पारेर आदरणीय ब्यक्तित्व योगाचार्य/प्राध्यापक (भिक्टोरिया विश्वविद्यालय,अस्ट्रेलियन आइडियल कलेज सिड्नी) अन्तर्राष्ट्रिय योगगुरु आचार्य राजन शर्माको पहलमा विश्वभरका सनातनि व्यक्तित्व,योगिजन एवं ध्यान योग संगठनहरूको समन्वयमा हाम्रो सुन्दर देश,योगभूमी,तपोभूमी, बुद्धभूमी नेपालबाट अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गरिएको छ ।
उक्त ध्यान योग शिविरमा अन्तर्राष्ट्रिय याेगगुरु आचार्य राजन शर्माज्यु लगायत सम्पुर्ण गुरुजन,विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै साधक साधिकाहरु एवं अन्य बिशिष्ट ब्यक्तित्वहरुको साथै मान्यजनहरुको निकै ठुलो सहभागिता थियो। सो कार्यक्रममा नेपाल लगायत विश्वभरका ८० भन्दा बढी देशका योगिजन र ध्यानप्रेमी व्यक्तित्वहरुले प्रत्यक्ष एवं अन्लाईन डिजिटल माध्यम जुम मार्फत सहभागिता जनाएका थिए। हरेक मानवको कल्याण एवं विश्वमा शान्ति,स्नेह,प्रेम, करुणा,सद्भाव र सदाचारको कामना गर्दै बौद्ध धर्म अँगालेका र नअँगालेका अन्य देशहरूले पनि ध्यान दिवसको महत्त्व बोध गर्न सकुन्,भन्ने मुल अभिप्रायका साथ यो ध्यान दिवसको घोषणा गरिएको हो। हरेक विश्व जगतका मानवले बुद्धजयन्तीको महत्त्व र ध्यानको बोध समेत गर्न सकुन् भन्दै यो ध्यान दिवसको घोषणा बुद्धजयन्तीको अवसर पारेर सुरु गरिएको छ। बुद्ध भगवानका अनुयायी संसार भरका हरेक ब्यक्तिले बुद्धत्वको बोध गर्दै आज यो बुद्धजयन्ती मनाएका छन। ध्यान प्रेमिहरुले अन्य कयौं स्थान र देशमा समेत आज यो ध्यान दिवस मनाएका छन् । विश्व योग दिवसलाई नेपालले उठान गर्न चाहँदा–चाहँदै पनि पूर्णता प्राप्त गर्न नसके पनि ध्यान दिवसलाई भने पूर्णता प्राप्त गर्न सकोस् भन्ने अभिप्रायले, नेपालबाट घोषणा गरिएको ध्यान दिवसले विश्वभरका मानवलाई एकीकृत गर्न सकियोस् भन्ने मुख्य उद्देश्यका साथमा यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाजले जनाएको छ।
अन्तर्राष्ट्रिय योगगुरु,दार्शनिक,चिन्तक,प्राचार्य श्री राजन शर्मा गुरुज्यूको पहलमा बुद्ध जयन्तीको दिन अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा सत्संग कार्यक्रमको आयोजक विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले स्वयम्भूस्थित गीता मन्दिर परिसर,काठमाडौमा आयोजना गरेको थियो। उक्त कार्यक्रममा विभिन्न जातजाति,धर्म,वर्ग र सम्प्रदाय एवं संघसंस्थाका प्रतिनिधि,योगी,सन्त,महन्थ तथा योगगुरुहरूको प्रत्यक्ष सहभागिता थियो। सो कार्यक्रममा दीपप्रज्वलन, मन्त्रोउच्चारण,शंखघण्ट वादन गरी सम्पूर्ण सहभागीहरूले एकै साथ ध्यान गरेका थिए। आजको बिशेष दिन बुद्धजयन्ती,गोरक्षनाथ जयन्ती,चण्डी पूर्णिमालगायतको अवसर पारेर विश्व ध्यान दिवसको घोषणा गरेको आयोजक संस्था बिश्व शान्ति तथा अध्यात्म बिज्ञान समाजले जनाएको छ।
बुद्ध जयन्ती विश्वभरका सम्पूर्ण योगी र ध्यान प्रेमिहरुको दिव्य उत्सव हो। बुद्धलाई प्रेम गर्ने वा नगर्ने जो सुकैका लागि पनि बुद्ध भगवानले प्राप्त गरेको बोधि सत्व ज्ञान् हरेक ब्यक्तिका निम्ति महत्त्वपूर्ण छ । बुद्ध भगवानको ज्ञानको प्रकाश फैलिएको देशमा बुद्धजयन्तीलाई दिव्य दिवसको रुपमा मनाईन्छ, तर बुद्ध भगवानको बुद्धत्व एवं ज्ञान नपुगेका र नअँगालेका एवं बुद्ध भगवानलाई चिन्न बाँकि रहेका विश्वका अन्य देशहरुले समेत ध्यान दिवसको रुपमा यो पावन दिनको सम्मान गर्न सकुन् र हाम्रो ॠषि परम्पराको विश्वभरि नै प्रवर्द्दन हुन सकोस भन्ने उद्देश्य अनुरुप आत्मिक उन्नति, विश्व शान्ति र सहिष्णुताकालागि यो दिवस मार्फत नेपालले विश्वलाई थप योगदान पुर्याउंन सकोस् भन्ने हेतुका साथै विश्वका योग प्रेमि, ध्यान प्रेमिहरुको ऐक्यबद्दता अनुरुप विश्व ध्यान दिवस प्रारम्भ गरिएको कुरा आयोजक संस्थाले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल योगाचार्य श्री आचार्य राजन शर्मा ज्यूको पहलमा आज बुद्धजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणा गरिएको छ। नजिकबाट यो जगतलाई बुझ्नु छ भने केवल योग, ध्यान र साधनाले मात्र बुझ्न सकिन्छ। योग ध्यान जहाँं जहिले,जसले गरे पनि हुन्छ अझ यो बुद्धजयन्तीको पावन दिनमा थप विशेष उर्जा रहने हुनाले विश्वका विभिन्न देशका ध्यान प्रेमिहरुले सांकेतिक रुपमा एकै साथ प्रत्यक्ष र प्रबिधि मार्फत एकै समयमा ध्यानस्त रहेर एउटा उर्जा तरङ्गित पार्ने यो पुनित कार्यमा जोडिएर सम्पूर्ण प्राणी जगतको सुख,शान्ति,समृद्धि एवं विश्व कल्याणको निम्ति यो विश्व ध्यान दिवसको प्रारम्भ गरिएको आयोजक संस्थाले असनेपालन्युजलाई बताएको छ।
उक्त कार्यक्रममा विश्व योगगुरु आचार्य राजन शर्माले अहिलेको समयमा संसारका हरेक मानव समुदायहरूमा आध्यात्मिक जागरण अत्यन्तै जरुरी रहेको र यो जागरण केवल योग ध्यानबाट मात्रै सम्भव हुने भएकाले बुद्ध पूर्णिमाको बिशेष दिनलाई विश्व ध्यान दिवसका रूपमा स्थापित गरी हाम्रो तपोभूमी,योगभूमि,ऋषिमुनिहरुले साधना र तप गरेको भूमी नेपालको गौरव,गरिमा उच्च राख्नको लागि बुद्धको पहिचान प्रतिष्ठित गरिनुपर्ने कुरा ब्यक्त गरेका छन । उनले नेपाललाई बिश्व सामु योगभूमी एवं योगीहरुको देश भनेर चिनाउनलाई निरंतरता प्रायास गरिनु पर्ने समेत बताए। यसका निम्ति प्रयास गर्न सम्पूर्ण नेपाली जनता,राजनीतिकर्मी, बुद्धिजीवी तथा सम्पूर्ण सरोकारवालासँग आग्रह समेत गरेका छन। कार्यक्रममा उहाँले अबको ५ बर्ष भित्रमा नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ५००० जना योग शिक्षक तयार पार्ने विश्व शान्ति तथा अध्यात्म बिज्ञान समाज (GSPSS) को लक्ष्य समेत रहेको बताका छ्न ।









