-भीमसेन सापकोटा (आचार्य राजन )
“सफलता दुई पटक प्राप्त हुन्छ ,पहिला र्हिदयको अठोटमा र दोस्रो वास्तविक संसारमा । “
ऐना अगाडि उभिंदा मानिसको अनुहार नभै चरित्र र कर्तुत देखिने भए , सायदै कोहि ऐनालाई आफ्नो अनुहार देखाउंथे होलान्। तर ऐनाले वाहिरी प्रतिबिम्ब मात्र देखाईदिनाले मानिसहरू ऐनामा मन पर्ने साथीलाई भन्दा पनि बढी पटक अनुहार देखाउंछन्। हरेक दिन जसो ! तर उमेर ढल्कदैं गएपछि मानिस जतिपटक ऐना हेर्छ , त्यति नै पटक उ दु:खि हुन्छ । किनकि अनुहारमा भेटिंदै जाने समयका डोबहरूलाई ऐनाले उदाङ्गो पार्दै जान्छ । लालित्यपूर्ण वाल्यावस्था , उत्सुक किशोरावस्था , र बल र वैंशले भरिपूर्ण जवानी, एक पछि अर्को गर्दै शरीर बाट थाहैं नपाईं विदा हुन्छन्। तर जबहामी शरीर होईनौं , मात्र शरिरमा बस्ने चैतन्य वा आत्मा हौं भन्ने ज्ञात हुन्छ तव सम
य र शरीर को परिवर्तनले कुनै फरक पार्दैन । आत्मा अजर अमर छ । हिजो थियो, आज छ र भोलि पनि त्यो अनन्तमा रहने छ । खुशी हुनका लागि आफुलाई उमेरको तराजुमा कहिल्यै नजोख्नु होस्। तपांई शरीरमात्र होइन , त्यो भित्र आस्थाई रुपले बसेको चैतन्य मात्र हो । श्रीमद्दभागवत गीताको अध्याय २।२३ मा उल्लेख गरिएको छ् कि
“नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक: |
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत: ||
हावा , हतियार , पानी तथा कुनै प्रकारले पनि नस्ट नहुने आत्मा हौं हामी। पांच तत्त्वका उर्जा रुपि शरीरमा बसेका छौं । वैज्ञानिक तथा दर्शनिक गेटे भन्छन्,”संसारका सबै शक्ति मिलाए पनि यहाँको एक अणु पनि नस्ट गर्न सकिंदैन।” किनकि पदार्थ कहिल्यै नस्ट हुंदैन बरू यसको रुप र स्वरुप बदलिने मात्र हो ।
तपाईंको असलि सुन्दरता छालामा होइन , मनको गहिराइको सुन्दरतामा निहित रहन्छ । शरीरको कुनै अङ्ग भन्दा पनि सिङ्गो ब्यक्तित्वलाई हेर्नुहोस्। जीवनलाई मुस्कानले गणना गर्नुहोस्, अांशु बाट हैन, आफुले बनाएको मित्रहरू बाट जीवन देख्नुहोस्, उमेर बाट होईन । हामी उभिरहेको धर्ती ,चम्किरहेको सुर्य र अटल भनिएको हिमाल समेत लाई समयको धारले खियाउंदै लगेर एक एक युगमा आखिरी किनारा लागाइदिन्छ । हामी पनि जन्मने वित्तिकै देखि समयका पानाहरूमा जीवनको ईतिहास कोर्दै आघि बढेका हुन्छौं । अनित्यताको यो सत्यबाट हामी कसै गरि भाग्न सक्दैनौं । बरूयसलाई आत्मसाथ गरेर परमतत्व र आत्म तत्वको बाटोमा हरेक अवस्थालाई वरदानको रुपमा लिंदै अघि बढ्नुमा नै आनन्द छ छ ।
उमेर बढ्दै जानु ,जवानी गुमाउनु होईन , बरू जीवनका रोचक अवसर थपिंदै जानु हो। मुस्कान बांढ्नका लागि उमेरले छेक्दैन्, समाजमा उपायोगि हुन उमेर ढल्किए पछि थप अवसर मिल्दै जान्छ । अोठमा मुस्कान , मनमा सुन्दरता , र दिमागमा सकारात्मकता राखेर हिंड्नुहोस् बुढयौली हरपल सुखकैकारण बन्ने छ ।
हामी पनि यो ब्रम्हाण्डकै एक अंश हौ तसर्थ परिवर्तन लाई आत्म सात गर्नु नै हाम्रो असलि रोजाइ हुन्छ । अनेक रोग , दुर्घटना र अकाल मरणको बाट बच्दै भाग्यवानी बनेको संकेत नै उमेर छिप्पिनु हो । सि एस लुइसले भनेकि छिन् , “मानिस नयां सोच , नयाँ योजना र सपना देख्न कहिल्यै उमेरलेछेक्दैन ।” डा. स्वामि प्रपन्नाचार्य ले ३० को दशक बाट पढ्न शुरु गरेर जीवनको आखिरी समयमा विध्यावारीधि गर्नु भयो र जवानहरूले नै मुश्किल छ भन्ने कार्य उमेर ढल्किए पछि गरेर उदाहरण बन्नु भयो । लेनिन जीवनको आखिरि घडी सम्म पनि अध्ययन गरेर ज्ञान आर्जन गरिरहन्थे ।
हरेक दिन जीवनका लागि एउटा अर्को अवसर हो । बुढौली हुनुको फाईदाहरू पनि आफ्नै हुन्छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार जापानकिन ११७ वर्षिय जेष्ठ नागरिक मिसाओ ओकावा ले आत्मा विश्वास कै कारण ११० वर्ष सम्म ‘व्हिल चियार ‘ प्रयोग गरिनन्। हार्भर्ड विश्वविध्यालयलेसन् २००१ मा ६६० जनामा गरेको एक अनुसन्धान अनुसार सकारात्मक सोच राख्नेहरू जीवनमा ७।५ दशमलव वर्ष बढी बांच्न सक्छन्। कोहि जवानीमै बुढो हुन्छन्न त कोहि ९० पुग्दा पनि तन्नेरि मन लिएर हिंड्न सक्छन्। जीवनका परिपक्व समयलाई सकारात्मक तवरले गणना गर्नुहोस्।उमेर छिप्पिंदा फाईदा हुने सकारात्मक पक्षहरू :
· बुढौली हुँदा, विदा र छुट्टीका दिन प्रसस्तै हुने हुंदा काम बाट छुट्टी नमिल्ने पिरलोले मुक्ति दिन्छ ।
· समाजले जेष्ठ नागरिक भनेर हरेक कार्यमा सम्मान दिन्छ ।
· जिम्वेवारी बाट विस्तारै पंन्छिएर शान्तिपूर्ण जीवन जिउने अवसर मिल्छ ।
· आफुलाई मन नपरेको र सुन्न नचाएको कुरा पर्यो भने कान सुन्दिनं भन्दिए पुग्छ ।
· ध्यान , योग, व्यायाम र साधनाका लागि बढि समय मिल्छ , जसले गर्दा आत्मवोधको दिशामा गहिरिएर लाग्ने अवसर मिल्छ ।
· अध्ययन अनुसन्धान ,भ्रमणका लगि फुर्सद मिल्दै जान्छ ।
· मन लागेको समयमा विश्राम गर्न सकिने छ ।
· चोरि गर्ने उद्देस्य राख्नेहरू पनि बुढा-बुढि सँग धन नहुन सक्छ भनेर पछि नलाग्ने हुन्छ ।
· कठिन दिनचर्याबाट विस्तारै बाहिरिएर सरल जीवन जिउने अवसर मिल्छ ।
· जीवनमा भेटिएका राम्रा कुरा सम्हाल्दै अनुभवको फाईदा लिएर नराम्रावस्तु बाट समयमै टाढा रहन सकिन्छ .
· जीवनमा कमाएको र बचाएको रकम खर्च गर्ने उत्तम अवसर हो।
· जीवनमा परमात्माको नजिक भई तत्व बोध गर्न थप उर्जा पूर्ण फुर्सद मिल्छ ।
· भगवान भक्तिका लागि समय छैन भनिरहनु पर्दैन ।
सफल व्यक्ति बन्नुभन्दा मुल्यवान व्यक्ति बन्ने कोसिस गर्नुहोस् ,उमेर यसको वाधक बन्दैन । एक असल पुस्तक पढ्नु र उमेर पाकेको तथा अनुभवले खारिएको ब्यक्ति सँग एक घण्टा बस्नु एउटै कुरा हो ।तपाइको सबैभन्दा ठुलो अवसर यहि हो जहाँ तपाई अहिले खडा हुनुहुन्छ ,उमेर हैन ।
चोट पाउनुको पनि आफ्नै मजा छ । यो सन्दर्भ हेरौ। एक पटक मन्दिरको बलेनीमा रहेको ढुङ्गाले मन्दिरभित्र राखिएको ढुङ्गाकोमुर्तिलाई सोधेछ “
साथी, साथी, तिमी पनिपहाडबाटै झरेको म पनि पहाडबाटै झरेको , तिमी पनि ढुङ्गा म पनि ढुङ्गा तर पनि मान्छेहरु तिमीलाई सधैँपूजा गर्छन् , फूलप्रसाद चढाउँछन् र ढोग्छन् पनि तर मलाई भने किन सधैँआची कुल्चेका खुट्टाले कुल्चिछन् ??”मन्दिर भित्रको ढुङ्गाको मुर्तिले जवाफ दिएछ – ” हो साथी, हाम्रो जात एउटै ,थातथलो पनि एउटै त्यतिमात्र होइन हामीमाथि बजारिएको छिनोको चोट पनि एउटै तर जब मानिसले तिमी माथि एक चोट केहिर्काएका थिए तिमी प्याट्ट फुटेर दुई टुक्रा भयौँ त्यसैले तिमीलाई मान्छेले जुत्ता पुछ्ने सिँढी बनाए । हुन त म माथि पनिछिनोको चोट बर्सिएकै हो तर मैले त्योचोटलाई सहेँ । त्यसैले आज तिमि त्यहाँछौ म यहाँ छु ।”
त्यसैले , सबै चोट खानेहरु सफलहुदैनन् , सफल तिनै हुन्छन् जसले चोटखप्न जानेका हुन्छन् । उमेरका चोटपनि अभ्यास होइन वरदान बन्न सक्नेछन्, मात्र यसलाई सकारात्मक चस्माले हेरौं ।
जीवनमा उमेर ढल्कियो भनेर चिन्तित हुनुहुन्छ भने हाम्रो सहपाठी वाइ लाना योगिनी द्वारा तयार पारीएको यो भिडियो अवश्य हेर्नुहोस्
।








