इजिप्टमा २१ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या

फागुन ४ । काठमाण्डौ, इस्लामिक स्टेट चरमपन्थी समूहले इजिप्टबाट अपहरण गरेर ल्याइएका २१ इसाइको घाँटी रेटेर हत्या गरेको छ ।

इस्लामिक स्टेटले उनीहरुलाई लिबियाबाट अपहरण गरेको जनाएको छ। इस्लामिक स्टेटसँग सम्बन्धित लिबियाका जेहादीहरुले यो भिडियो इन्टरनेटमा सार्वजनिक गरेका हुन् ।
यसअघि गत हप्ता इजिप्तका राष्ट्रपतिले लिबियाबाट इजिप्टका सबै नागरिकलाई बाहिर निकाल्ने प्रस्ताव गर्नु भएको थियो । अपहरणमा परेका सबै इजिप्टका काप्टिक इशाई रहेको बताइएको छ ।उनीहरुलाई पूर्वी लिबियाको तटीय सहर सिर्तेबाट अपहरण गरिएको थियो। उक्त क्षेत्र इस्लामिक स्टेटको कब्जामा छ।शुक्रबार जारी गरिएको तस्वीरमा इस्लामिक स्टेटले इसाईलाई इजिप्टको काप्टिक गिरिजाघरमा मुसलमान महिलालाई यातना दिएको र उनीहरुको हत्या गरेको बदला लिन हत्या गरेको बताएको छ।इजिप्ट सरकारले आफ्ना नागरिकहरुलाई लिबिया नजान चेतावनी दिएको छ।

तर, अहिले पनि मानिसहरु कामको खोजीमा लिबिया गइरहेका छन् । यसअघि इस्लामिक स्टेटको अपहरणमा परेकाहरुको जीवन रक्षाको माग गरिएको थियो । एक तथ्याङ्कअनुसार इजिप्टको कुल जनसंख्या करिब ९ करोड छ । त्यसमध्ये त्यहाँ करिब डेढ करोड काप्टिक इसाई छन् ।

सम्बन्धित शिर्षकहरु