निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भएमा सरकारले आर्थिक सहायता उपलब्ध गराउने

काठमाडौ- निर्वाचनको सुरक्षामा खटिने क्रममा सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भएमा २० लाख रकम दिने सरकारले निर्णय गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका जोकोही  सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो । मन्त्रिपरिषद् बैठकको निर्णयमा ‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने भनिएको छ । सो मन्त्रिपरिषद् बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ । बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवानसरह जिल्लागत दररेट अनुसार रासनभत्ता पनि उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको कुनै कारणबश मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

सम्बन्धित शिर्षकहरु