कुन-कुन मुलुकमा कति निको भए कोरोना संक्रमित,सबैभन्दा बढी चीनमा ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणपछि अस्पतालमा उपचार गराइरहेकामध्ये २ लाख ६२ हजार ३ सय ३१ जना निको भएका छन्। सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानबाट योे महामारी फैलिएयता कूल १२ लाख ७२ हजार ९ सय ५३ जना व्यक्तिमा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

डब्लुएचओका अनुसार यस अवधिमा कोरोना संक्रमणबाट विश्वभर ६९ हजार ४ सय २८ जनाले ज्यान गुमाइसकेका छन्। अहिले विश्वभर ९ लाख ४१ हजार १ सय ९४ एक्टिभ केस रहेकामा रहेका ९५ प्रतिशत सामान्य र ५ प्रतिशत जति मात्र गम्भीर बिरामी रहेका छन्।

अहिलेसम्म सबैभन्दा बढी चीनमा बिरामी निको भएका छन्। त्यहाँ ७७ हजार ७८ जना बिरामी निको भएका डब्लुएचओको तथ्यांकमा उल्लेख छ। त्यसपछि स्पेनमा ३८ हजार ८०, जर्मनीमा २८ हजार ७ सय, इटालीमा २१ हजार ८ सय १५, इरानमा १९ हजार ७ सय ३६, अमेरिकामा १७ हजार ९ सय ७७, फ्रान्समा १६ हजार १ सय ८३, दक्षिण कोरियामा ६ हजार ४ सय ६३, स्वीट्जरल्यान्डमा ६ हजार ४ सय १५ र बेलायतमा १ सय ३५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। अहिले उनीहरुको दैनिकी सामान्य रहेको छ।

मुलुक निको भएका बिरामी
चीन ७७ हजार ७८
स्पेन ३८ हजार ८०
जर्मनी २८ हजार ७ सय
इटाली २१ हजार ८ सय १५
इरान १९ हजार ७ सय ३६
अमेरिका १७ हजार ९ सय ७७
फ्रान्स १६ हजार १ सय ८३
दक्षिण कोरिया ६ हजार ४ सय ६३
स्वीट्जरल्यान्ड ६ हजार ४ सय १५
बेलायत १ सय ३५

सम्बन्धित शिर्षकहरु