एजेन्सी- कोभिडले थलिएको अमेरिकी अर्थतन्त्र अब क्रमिक रूपमा लयमा फर्कँदै छ। कोरोना महामारीले शिथिल बनेको अमेरिकाको रोजगार बजारमा अप्रिल महिनामै ४ लाख २८ हजार रोजगारी थपिएको छ । महामारीबाट थलिएको विद्युतीय बजार लयमा आएसँगै रोजगारी थपिएको हो । समाचार संस्था सिएनएनका अनुसार रोजगारीको संख्या अझै बढ्न सक्ने उल्लेख गरेको छ । मार्चमा पनि अप्रिल महिनाकै संख्या आसपासमा रोजगारी थपिएको थियो । रोजगारीको संख्या बढ्न थालेसँगै अमेरिकाको अर्थतन्त्र पुरानै लयमा फर्किएको आँकलन गरिएको छ । अब बिस्तारै पुरानै लयमा अमेरिकी अर्थतन्त्र फर्किने अनुमान गरिएको छ।
कोरोना महामारीपछि मात्रै अमेरिकाको रोजगार बजारमा १.२ मिलियन रोजगारी थपिएको छ । जबकी, कोरोना महामारी व्यापकरूपमा फैलिइरहेको समयको दुई महिनामै २२ मिलियनको रोजगारी खोसिएको थियो । अब रोजगारी थपिने सम्भावना बढेको छ।यससँगै अमेरिकाको बेरोजगारी दर समेत इतिहासकै न्यूनस्तरमा पुग्ने अपेक्षा गरिएको थियो । तर, पूर्वअनुमान विपरित बेरोजगारी दर कोभिड पहिलेभन्दा थोरै मात्रै खस्कियो । कोरोना अघि ३.५ प्रतिशतमा रहेको बेरोजगारी दर कोभिडपछि ३.६ प्रतिशतमा पुगेको छ । जुन, पूर्व अनुमानभन्दा निकै राम्रो हो ।








