काठमाडौं । रुसबाट आउने तेल र ग्यासमाथि प्रतिबन्ध लगाउने विषयमा युरोपेली संघ (ईयू)का मुलुकबीच सहमति जुट्न सकेको छैन।
सोमबार ब्रसेल्समा भएको बैठकमा ईयूका मुलुकबीच सहमति जुट्न नसकेको जर्मनीको आर्थिक मामिला मन्त्री रोबर्ट हेबकले बताए।
बीबीसीका अनुसार प्रतिबन्धको लागि हंगेरी र रुसमाथि प्रतिबन्धको लागि तयार नभएकाले उक्त विषयमा सहमति हुन नसकेको हो।
यद्यपि अबको केही दिनभित्र रुसी तेल तथा ग्यासमा प्रतिबन्ध लगाउने विषयमा सहमति जुट्न सक्ने समाचारमा उल्लेख छ।








