नेपाललाई योग गन्तव्य बनाउने अन्तराष्ट्रिय योगगुरु ‘आर्चाय राजन शर्मा’ को अभियानलाई सशस्त्र प्रहरी बलको साथ

काठमाडौं । अन्तराष्ट्रिय योगगुरु आर्चाय राजन शर्मा भिमसेन सापकोटा नेपाल लगायत विश्वको लागि कुनै नौलो नाम होइन् ।

विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजको सस्थापक प्राचार्य एवम् अन्तर्राष्ट्रिय योगगुरु सापकोट अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाललाई योग गन्तव्य बनाउने अभियान लागि रहनु भएको छ । एकसाता अघि नेपाल आउनु भएका सापकोटको नेपालमा भव्य स्वागत गरिएको थियो ।

नेपाललाई योगभूमीको देश भनि चिनाउने अभियानमा लाग्नु भएको शर्मा यतिखेर नियमित साधनाबाट सबैमा योगउर्जा थप्नको नेपालको विभिन्न ठाँउको भ्रमणमा हुनुहुन्छ । दार्शनिक चिन्तक, सकारात्मक सोच अभियान्ता शर्मा काठमाडौं, पोखरा, टिकापुर लगायत विभिन्न ठाँउमा वृक्षरोपण गर्नुको साथै योग अभियानमा हुनुहुन्छ ।

अभियानमा सशस्त्र प्रहरी बल पनि जुटेको छ । देशका प्रहरी गुल्मलाई अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण तथा चरित्र बलको उत्प्रेरणा जगाउंने अवसर विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजले पाएको छ । शर्माले सशस्त्र प्रहरी बलमा योग अभ्यास गराउनु भएको छ ।

उहाँकै अभियानमा नेपाली पहिचानकै पशुपतिनाथ, बौंद्ध मन्दिर तथा विश्व शान्ति आश्रम समेत स्थापना भइ सञचालनमा आएको छ । ३२ रोपनीको कम्पाउन्डबीचको २०० वर्ष पुरानो पुरातात्विक चर्च भवन अब शिवालय र बौंद्ध विपश्यना ध्यान केन्द्र परिणत भएको हो ।

भने २ वटा ड्याम (तलाउ) सहितको १५ हेक्टर जमिन नेपाली गौशालालाई उपलब्ध भएको छ ।

ओरेन्ज, बाथस्ष्ट,क्यानवेरा, काउरा ,सिडनी शहरको मध्य भाग स्थित एतिहासिक शहर ‘लिन्डस्ट’मा व्यस्त दिनचर्या बाट विश्राम लिन वा विदाको सदुपायोग गर्दै आन्तरिक शान्ति वोध गर्न पाल्नको लागि अन्तराष्ट्रिय योगगुरु आर्चाय राजन शर्मा भिमसेन सापकोटाले आग्रह गर्नु भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा उडिरहेको विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो कीर्तिमान राख्नु भएको थियो ।

महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवर्द्धन गर्दै आएका उनी विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुनुहुन्छ । लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुनुहुन्छ ।

अष्ट्रेलियामा अध्यापन तथा योग प्रवद्र्धन गरिरहेका योगी आचार्यले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गर्नु भएको छ ।

सम्बन्धित शिर्षकहरु