जेरुसेलम स्थित एउटा मस्जिद‍‍मा झडप हुँदा १२ जना घाइते

जेरुसेलम स्थित एउटा मस्जिदमा एक्कसी भएको झडपमा परेर केहि ब्यक्ति घाइते हुनुका साथै परिस्थिति तनावग्रस्त बनेको छ । यो खबर विभिन्न अन्लाईन संचार माध्यमहरुले जनाएका छन। जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको झडपमा शुक्रबार १२ जना घाइते भएका छन्। प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाए अनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना घटेको हो। इजरायलको प्रहरीले भने अनुसार झडपकारीहरूले अल-अक्सा मुनि रहेको यहूदीहरूको पवित्र स्थल पश्चिमी पर्खाल तर्फ ढुङ्गा र आतिशबाजी गरेपछि प्रहरी परिचालन गरिएको छ। पछिल्लो समयमा बेला-बेलामा यस्ता हिंसात्मक घटनामा वृद्धि भैरहेको त्यहाँको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित शिर्षकहरु