नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ।यस सम्बन्धी सम्झौता पत्रमा गत आइतबार (२०७९ वैशाख ११ गते) नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र मोन्टी युके ग्लोबलको स्थानीय प्रतिनिधि अल्टिमेट होराइजन टेक्नोलोजिज प्रालिका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दका बीच सम्झौता भएको छ। सम्झौता अनुसार मोन्टी युके ग्लोबलले नेपाल टेलिकमका ग्राहकहरुलाई ई-सिम सेवा उपलब्ध गराउनका लागि आवश्यक प्लेटफर्म उपलब्ध गराउने छ। सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले नयाँ-नयाँ प्रविधि भित्र्याउने क्रममा ई-सिम समेत उपलब्ध गराउने भएको र यसका लागि आवश्यक कार्य छिट्टै प्रारम्भ हुने विश्वास व्यक्त गरे। अल्टिमेट होराइजन टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत आदित्य आनन्दले ई-सिमका लागि आवश्यक सम्पूर्ण प्राविधिक कार्य समयमै सम्पन्न गरी कम्पनीलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। यो उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन। यसका लागि ई-सिम सपोर्ट गर्ने ह्यान्डसेट आवश्यक हुन्छ। यसबाट फोन गर्ने र डेटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ। ई-सिम प्रयोगमा आए पश्चात सिम कार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ। नेपाल टेलिकमका अनुसार अबको केहि समयमै ई-सिम उपभोक्ताले प्रयोग गर्न सक्नेछन। अनुसार हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले समेत सहज तरिकाले ई-सिम लिन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित शिर्षकहरु
एमालेको संसदीय दलको बैठक बस्दै, नेपाल समूहद्वारा बहिस्कार
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन । प्रधानमन्त्री […]
बोक्सी आरोपमा कुटपिट काण्ड :घोडाघोडीका मेयरमाथि गोली प्रहार, अवस्था गम्भीर
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरी माथि खुकुरी र गोली प्रहार भएको छ । सोमबार राति […]
सगरमाथा आरोहणका लागि बहराइनका राजपरिवार सदस्य नेपालमा, टोली ८० दिन नेपालमै रहने
काठमाडौं। सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका सदस्यसहित १६ जनाको टोली साेमबार नेपाल […]
को हुन् पर्यटनमन्त्री योगेश भट्टराई ? यस्तो छ उनको इतिहास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीका रुपमा […]
अस्ट्रेलियाको एस्फिल्ड लाईब्रेरिमा अब नेपाली पुस्तक पढ्न पाइने
अर्जुन मणि पौडेल ।असनेपालन्युज । सिड्नी। अस्ट्रेलियाको न्युसाउथवेल्स राज्यको एस्फिल्ड लाइब्रेरीमा नेपाली […]
बाल दिवस मूल समारोह समितिले समाजकल्याण परिषद्को प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा बालबालिकाले कला प्रदर्शन […]


