काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदीय दलको बैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा डाकिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
अध्यक्ष ओलीले संसदीय दलको बैठक बोलाउनु भए पनि माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने बैठकमा सहभागी नहुने भएको छ ।
राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने माधव नेपाल समूहका नेता योगेश भट्टराईले जानकारी गराएका छन ।








