अस्ट्रेलियाको एस्फिल्ड लाईब्रेरिमा अब नेपाली पुस्तक पढ्न पाइने

अर्जुन मणि पौडेल ।असनेपालन्युज । ph-1 सिड्नी। अस्ट्रेलियाको न्युसाउथवेल्स राज्यको एस्फिल्ड लाइब्रेरीमा नेपाली पुस्तकहरू उपलब्ध हुने भएका छ्न्।नेपाली नयावर्ष २०७२ को पहिलो दिन अर्थात अप्रिल १४ तारिख मङलवार को दिन लाइब्रेरीमा नेपाली शाखाको सुरुवात हुन लागेको हो।स्थानिय नेपाली समुदायको सक्रियता र एस्फिएल्ड काउन्सिल्को सम्युक्त आयोजनामा हुन लागेको सो कार्यक्रम्को उद्घाटन अस्ट्रेलियाका लागि नेपाली राज्दूत रुद्र कुमार नेपालले गर्नुहुने छ्। शुभारम्भ कार्याक्राममा नेपाली सन्स्कृति र पहिचान झल्किने झांकि सहीत परम्परागत र पर्यटकीय स्टल ,पुस्तकालय को भ्रमण,तथा विविध नेपाली कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम को सम्योजन गरिरहेका सन्चार्कमी अर्जुन मणि पौडेलले जानकारि दिनुभयो। बिहान १० बजे देखि १ बजे सम्मको कार्यक्रम्मा नेपाली समुदायका अतिरिक्त स्थनिय बिभिन्न समुदायका प्रतिनिधिहरु ,सेन्ट जर्ज क्षेत्र तथा स्टेट लाइब्रेर्रीका पदाधीकारी र काउन्सिल का बिभिन्न ब्यक्तित्वहरुको सहभगीता रहने छ्। अस्ट्रेलियामा रहेका मध्ये दोस्रो ठुलो सन्ख्यामा नेपालीहरूको बसोबास रहेको यहा नेपाली पुस्तकहरु उपलब्ध हुन थाले पछि नेपाली नया पुस्तालाई नेपाली भाषा,साहित्य,सस्क्रितिको महत्व बुझाउन कोशेढूङो साबित हुने एस्फिल्ड काउन्सिलकी मेयर लुसिलि म्याकेनाले बताईन । p1060206एस्फिल्डमा नेपाली किताबहरू उपलब्ध हुने भएछि सेन्ट जर्ज लगाएत यस क्षेत्रमा बस्ने नेपाली समुदाय विच अझै निकट्ता बड्दैजाने र आपसी सम्बन्ध अझ कसिलो हुने बिस्वास मेयर लुसिलीको छ। चाईनिज,इटलिएन,हिन्दी लगाएत अन्य बिभिन्न भाषाका किताबहरु येसअघि देखि नै पाईने यो लाईब्रेरीमा नेपाली भाषाका पनि उपलब्ध हुन थालेपछि यो छेत्रमा बस्ने करीब ८ हजार नेपालीहरूले सेवा लिन सक्ने विस्वास गरियेको छ। पुस्तकालयमा नि:शुल्क सदस्य बनेपाछी आफुलाई चहिएको नेपाली आख्यान्,निबन्ध,कथा,व्याकारण,कथा,कविता लगाएतका पुस्तक घरमा नै लगेर पढ्न पाइने ब्यवस्था छ । यहाँको स्टेट तथा रक्डेल लाईब्रेरिमा गतवर्ष देखी नेपाली किताब उपलब्धा हुन थालेका हुन । यसका साथै सिड्निका अन्य सबअर्व मा समेत नेपालीइ पुस्तक उपलब्ध गराउने क्रम जारि छ .

सम्बन्धित शिर्षकहरु