एजेन्सी- युक्रेनको एन्टीएयरक्राफ्ट र एन्टीसिप मिसाइल प्लान्टमा रुसले हमला गरेको समाचार आएको छ । रुसले युक्रेनको राजधानी किभबाहिर एन्टी एयरक्राफ्ट र एन्टी सिप मिसाइल बनाउने एउटा भट्टीमा प्रहार गरेको जनाएको छ । युक्रेनी हमलामा रुसको युद्धपोत पानी जहाज मोस्कभा विष्फोटपछि डुबेको विवरण सार्वजनिक भइरहेका बेला रुसको भनाई सार्वजनिक भएको हो । हमलामा प्लान्टमा क्षति पुगेको बताइएको छ । रुसी युद्धपोतमा आफ्ना सेनाले मिसाइलहरू प्रहार गरेको युक्रेनले दाबी गरेको छ । मिसाइल हमलापछि युद्धपोतमा आगो लागेको थियो । युद्धपोतमा हमला भएपछि रुसले त्यसको बदला लिने जनाएको छ । कीभमा आक्रमणलाई तीब्र पारिने रुसी रक्षा मन्त्रालयले चेतवानी दिएको छ । राष्ट्रसंघले द्वन्द्वका क्रममा ५० लाखभन्दा बढी युक्रेनीहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ । रुस-युक्रेन युद्धका कारण युक्रेनका सर्वसाधारणलाई दैनिक जिवन यापनमा निकै कठिनाइ भएको छ।
सम्बन्धित शिर्षकहरु
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर फैलँदै
बेलायतदेखि कतारसम्म GSPSS को आध्यात्मिक जागरण अभियान: ‘विश्व गुरु देश नेपाल’को सन्देश विश्वभर […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित
बाथर्स्टमा भव्य तीज २०२५, पाशुपतिन बौद्ध तपोधाममा विशेष कार्यक्रम सहित Ausnepalnews ,बाथर्स्ट […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]
काश्मीरको पहलगाममा आतङ्ककारी आक्रमण: नेपाली सुपुत्र गुमाउँदा देश स्तब्ध
✍️ विशेष सम्वाददाता, काठमाडौं २३ अप्रिल २०२५ –शान्तिपूर्ण मन लिएर प्रकृतिको काखमा विश्राम लिन गएका नेपाली […]


