अष्ट्रेलिया पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा एन्ड्रयु म्याकडोनाल्ड

काठमाडौं । अष्ट्रेलिया पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा एन्ड्रयु म्याकडोनाल्ड नियुक्त भएका छन् । सन् २०१९ देखि अष्ट्रेलियन प्रशिक्षण टोलीमा रहेर काम गरेका म्याकडोनाल्ड चार वर्षका लागि नियुक्त भएका हुन् ।

अष्ट्रेलियाका पूर्वअलराउन्डर म्याकडोनाल्डले जष्टिन लेंगरलाई प्रतिस्थापन गरेका हुन् । लेंगरले छोटो समयका लागि सम्झैता नवीकरण गर्न अस्वीकार गरेपछि पदबाट हटेका थिए ।

उनी अष्ट्रेलियाले पाकिस्तान भ्रमण गर्दा अन्तरिम प्रशिक्षकको भूमिकामा थिए ।

अष्ट्रेलियाले दुई खेलको टेस्ट शृंखला १–० ले जितेको थियो भने तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले हारेको थियो । एक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल पनि जितेको थियो ।

सम्बन्धित शिर्षकहरु