न्युयोर्कमा रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते

एजेन्सी – अमेरिकाको न्युयोर्कमा गोली चल्दा केहि ब्यक्ति घाइते भएको खबर विभिन्न संचार माध्यमहरुले जनाएका छन। न्युयोर्कको ब्रुकलिनमा एउटा सबवे रेलभित्र गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । गोली लागेकामध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

ब्रुकलिनको सबवे रेलभित्र आक्रमण गर्नुअघि ग्यास मास्क लगाएका आक्रमणकारीले धुवाँको क्यानिस्ट फालेर यात्रुहरूलाई आतंकित बनाएका थिए ।

‘बन्दुकधारीहरूले दुईवटा क्यानिस्टर खोलेपछि पछि सबवेमा धुवा फैलिएको थियो । रेल ३६ औं स्ट्रीट स्टेसनमा तानिएपछि आक्रमणकारीले धेरै यात्रुहरूलाई गोली हाने’, न्युयोर्क शहर प्रहरी आयुक्त किचान्त सेवेलले भने ।

नियोन सुन्तला रंगको भेस्ट र खैरो रंगको स्वेटर लगाएका आक्रमणकारीले हाते बन्दुक प्रयोग गरेको प्रहरीले बताएको छ । आक्रमणलगत्तै उनी फरार भएका छन । आक्रमणकारिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनले के का निम्ति गोली चलाए भन्ने बारे अझै केहि पुष्टि हुन सकेको छैन भन्ने खबर संचार माध्यमहरुले दिएका छन।

सम्बन्धित शिर्षकहरु