मानव अधिकार परिषद्‌बाट रुस निलम्बित, भारत, नेपाल तटस्थ, चीनको प्रस्ताव विपक्षमा

काठमाडौँ । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यबाट रुसलाई निलम्बित गरिएको छ ।

बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रुसलाई सदस्यबाट हटाउनु पर्ने पक्षमा बहुमत राष्ट्रले मतदान गरेपछि रुस निलम्बनमा परेको हो ।

डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिरहेको रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए । ५८ मुलुक तटस्थ बसेका थिए । मतदानमा नेपाल पनि तटस्थ बसेको थियो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेपछि राष्ट्रसंघमा भएका सबै मतदानमा नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याउँदै आएको थियो । यो मतदानमा पनि भारत तटस्थ बसेको छ भने चीनले प्रस्तावको विपक्षमा मत दिएको छ ।

सम्बन्धित शिर्षकहरु