पेट्रोलको मूल्य घट्यो, एलपी ग्यास सिलिन्डरमै २७३ रुपैयाँले बढ्यो

काठमाडौं । इण्डियन आयल कर्पोरेशन(आईओसी)ले नेपाललाई नयाँ मूल्यसूची पठाएको छ ।

चैत १८ गते पठाएको नयाँ मूल्यसूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्य सामान्य घटेको छ ।

नयाँ मूल्य सूचमा पेट्रोलको मूल्य १ रुपैयाँ ४८ पैसाले घटेर आएको नेपाल आयल निगमले जनाएको ।

डिजेलको मूल्य भने प्रतिलिटर २ पैसाले बढेर आएको छ । यस्तै मट्टीतेलको मूल्य लिटरमा २२ रुपैयाँ १९ पैसाले बढेर आउँदा हवाई इन्धनको मूल्य प्रतिलिटर ४ रुपैयाँ २३ पैसाले बढेर आएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने सिलिन्डरमै २७३ रुपैयाँ ३८ पैसाले बढेर आएको नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनले १५र१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो मूल्यअनुसार तेल तथा ग्यास बेच्दा निगमलाई पाक्षिक रुपमा रु। ५ अर्ब २१ करोड घाटा हुनेछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

सम्बन्धित शिर्षकहरु